बङ्गलादेशका प्रधानमन्त्री र मुस्लिम आयोगका अध्यक्षबीच भेट « Khabarhub

बङ्गलादेशका प्रधानमन्त्री र मुस्लिम आयोगका अध्यक्षबीच भेट


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेट गरेका छन् ।

बङ्गलादेशमा भएको आमनिर्वाचनको पर्यवेक्षणका क्रममा त्यहाँ पुग्नुभएका अध्यक्ष अन्सारीले सोमबार प्रधानमन्त्री हसिनासँग भेट गरेका हुन् । प्रधानमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय र आपसी हितका सम्बन्धका विषयमा छलफल भएको मुस्लिम आयोगले जनाएको छ ।

भेटमा अध्यक्ष अन्सारीले दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको स्मरण गर्दै नेपाल र बङ्गलादेशबीच व्यापार, आर्थिक साझेदारीलगायतमा सहकार्यको सम्भावना रहेको बताएका थिए ।

अध्यक्ष अन्सारीले नेपालबाट धेरै विद्यार्थी बङ्गलादेशमा पुगेको र कतिपय बङ्गलादेशी विद्यार्थी पनि नेपालमा अध्ययनरत रहेकाले शैक्षिक सहकार्य गर्न सकिने धारणा राखे ।

त्यस अवसरमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपाल र बङ्गलादेशबीचको सम्बन्ध असल छिमेकीको सम्बन्धको सिद्धान्त र पारस्परिक लाभमा आधारित रहेको बताएकी थिइन् । अध्यक्ष अन्सारी र आयोगका सदस्य महमदिन अली बङ्गलादेशमा भएको आमनिर्वाचनको पर्यवेक्षणका लागि ढाका गएकाथिए ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १० : ४० बजे

शिक्षामन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, बविताकुमारी पासवानसँग भेट

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह

राष्ट्र बैंकको ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ : वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा लागू गर्नुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा

बेइजिङमा ड्रोन राख्न प्रतिबन्ध

काठमाडौं- चीनको राजधानी बेइजिङले आगामी नोभेम्बर १५ देखि सहरभित्र ड्रोन

एटीएमबाट १ सय दरका नोट पनि वितरण गर्न बैंकर्स संघलाई राष्ट्र बैंकको परिपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका एटीएम मेसिनबाट

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

धनुषा- कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ