खेलाडीले लगाउने जुत्ताको गुणस्तरसम्बन्धी मापदण्ड पारित « Khabarhub

खेलाडीले लगाउने जुत्ताको गुणस्तरसम्बन्धी मापदण्ड पारित


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल गुणस्तर परिषद्ले खेलाडीले लगाउने जुत्ताको गुणस्तरसम्बन्धी मापदण्ड पारित गरेको छ ।

परिषद्का अध्यक्ष एवं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा आज बसेको १११औँ बैठकले नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको खेलकुदमा प्रयोग हुने जुत्ताको गुणस्तर मापदण्ड पारित गरेको हो ।

विभागले विभिन्न वस्तुको गुणस्तर निर्धारण गर्ने गर्दछ । मापदण्ड पारित भएसँगै अब नेपालमा उत्पादित खेलकुदमा प्रयोग हुने जुत्ताले गुणस्तरलाई ख्याल गर्नुपर्ने नेपाल गुणस्तर तथा नापतौल विभागका प्रवक्ता ज्योति जोशी भट्टले जानकारी दिए ।

जुत्तामा प्रयोग हुने रबर, विभिन्न प्रकारका कपडाको समेत गुणस्तर पारित भएको हो । गुणस्तरअनुसारको निर्माण भएको जुत्ता विदेशमा निर्यात गर्नसमेत सहज हुने विश्वास विभागले लिएको छ । यससँगै आजै विभागले ढलरहित सरसफाइ शौचालयको समेत गुणस्तर पारित गरेको छ ।

विभागको प्राविधिक समितिले गुणस्तर पारित गर्ने उद्योग तथा वस्तुको प्राविधिक अध्ययन गरी परिषद्मा पठाउने गर्दछ । परिषद्को सदस्यसचिव विभागका महानिर्देशक हुने प्रावधान रहेको छ ।

विभागका महानिर्देशक दिीनानाथ मिश्रले विभागको प्राविधिक समितिले पारित गरेका गुणस्तरलाई मन्त्रीको अध्यक्षतामा रहेको गुणस्तर परिषद्मा पठाइने र सोही परिषद्ले अध्ययन गरेर पारित गर्ने प्रावधान रहेको बताए। जुत्ताको गुणस्तर पारित भएसँगै अब उक्त गुणस्तर प्रयोग गरी नेपालमा सञ्चालित उद्योगले जुत्ता उत्पादन गर्ने बाटो खुलेको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ११ : ०७ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको