आज २०८० साल माघ २६ गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल माघ २६ गते शुक्रबारको राशिफल


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ २६ गते शुक्रबार तदनुसार सन् २०२४ फेब्रुअरी ९ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। समाजमा बोलीको प्रभाव रहनेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। विदेश यात्रामा लाभ प्राप्त हुनेछ। परिवारबाट सहयोग मिल्नेछ।

वृष : दैनिकी राम्रो छ। लगानीबाट फाइदा हुनेछ। समाजले सम्मान गर्नेछ। रोजगारीमा प्रवेशको सम्भावना छ। धर्म छोडेमा पीडा भोग्नुपर्ने देखिन्छ। परिवारको सहयोग मिल्नेछ।

मिथुन : चुपचाप काम गर्नुपर्ने समय आएको छ। आर्थिक क्षेत्र सबल छ। सामाजिक क्षेत्रमा झन्झट सुन्नुपर्ने हुनसक्छ। परिवारमा विश्वास गरेकाले नै शंका गर्ने जोखिम छ।

कर्कट : दिन सामान्य छ। झुटो आरोप सुन्नुपर्ने हुनसक्छ। यात्रामा जोखिम रहेकाले गति नियन्त्रण आवश्यक छ। हनुमानको चिन्तन गर्नु राम्रो हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट लाभ हुनेछ। रोजगारीमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रको मेहनतको प्रतिफल प्राप्त हुनेछ। परिवारमा भने विश्वासको अभाव देखिन्छ। दाजुभाइ र दिदीबहिनीले साथ दिनेछन्।

कन्या : दिन राम्रो छ। सामाजिक र आर्थिक क्षेत्रमा लाभ हुनेछ। गुरुबाट भने सहयोग नमिल्न सक्छ। धार्मिक क्षेत्रमा ध्यान जाने देखिन्छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दैनिकी राम्रो छ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। विदेशमा गरेको लगानीमा घाटा हुनाले स्वदेशमै लगानी गर्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा लगानी अनावश्यक हुनसक्छ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : दिन सामान्य छ। रोग, त्रास र भयले सताउने देखिन्छ। दुर्गा माताको दर्शन गरेमा काम सफल बन्नेछ। यात्रामा जोखिम हुने भएकाले सवारी साधन तीव्र गतिमा नचलाउनु राम्रो हुन्छ। परिवारको साथ र सहयोग रहनेछ।

धनु : दिन राम्रो छ। चन्द्रमा दाहिना छन्। ठुला उद्योगको सुरुवात गर्ने दिन आएको छ। तपाईंको लगानीले प्रतिस्पर्धी शान्त हुनेछन्। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

मकर : समय राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। हरेक क्षेत्रमा कुरा काट्नेहरु सक्रिय छन्। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : समय सामान्य छ। आफ्नो निन्दा आफैले सुन्नुपर्ने छ। तपाईंले गाई र चरालाई दाना प्रदान गर्नु राम्रो हुन्छ। शिव भजन सुन्नुभयो भने दिन राम्रो हुनेछ। परिवारसँगको सम्बन्धले दिन रमाइलो बन्नेछ।

मीन : दिन राम्रो छ। शिक्षामा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। परिवारको साथ मिल्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ५ : ०९ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले