अल नासरमाथि अल हिलाल २-० ले विजयी « Khabarhub

अल नासरमाथि अल हिलाल २-० ले विजयी


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्लब मैत्रीपूर्ण खेलमा साउदी क्लब अल हिलालले अल नासरलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल नासरलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

अल हिलालको जितमा सेर्गेज मिलिनकोभिक साभिक र सलेम अलडावसरीले एक एक गोल गरेका थिए ।

यस खेलमा पछिल्लो समय इन्जुरीका कारण मैदान बाहिर रहेका अल नासरका क्रिस्टियानो रोनाल्डो मैदानमा फर्किएका थिए । पुरै ९० मिनेट खेलेका रोनाल्डोले खेलमा भने खासै प्रभाव पार्न सकेनन् ।

साउदी लिगमा प्रमुख प्रतिद्वन्दी क्लब मानिने अल हिलाल र अल नासर लिगमा पहिलो र दोस्रो स्थानमा रहेका छन् । १९ खेलमा अपराजित रहँदै अल हिलाल ५३ अंकसहित शीर्ष स्थानमा छ भने १९ खेलमा ४६ अंकसहित अल नासर दोस्रो स्थानमा रहेको छ । 

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ६ : ५९ बजे

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं– स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको