बागमतीमा भूमि बैंक स्थापनाको तयारी अन्तिम चरणमा | Khabarhub Khabarhub

बागमतीमा भूमि बैंक स्थापनाको तयारी अन्तिम चरणमा


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– बागमती प्रदेश सरकारले भूमि बैंक स्थापना गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले बिहीबार मकवानपुरको बकैया गाउँपालिकास्थित कृषि उद्योग ग्रामको अनुगमनका क्रममा सो कुराको जानकारी दिए ।

मन्त्री चित्रकारका अनुसार आगामी आर्थिक वर्षदेखि नै भूमि बैंक स्थापना तथा सञ्चालनलाई तीव्रता दिइनेछ। संघ र स्थानीय तहले पनि यसअघि भूमि बैंकको योजना बनाए पनि कार्यान्वयनमा ल्याउन सकेका थिएनन्।

भूमि बैंकले औद्योगिक वातावरण निर्माण, लागत न्यूनीकरण र उद्योग स्थापनाका लागि जग्गा प्रदान गर्नेछ। साथै, अलपत्र परेका सरकारी तथा निजी जग्गाको प्रयोग गरी उत्पादन र सरकारी राजस्वमा वृद्धि हुने मन्त्री चित्रकारले बताए ।  उनले भने, ‘प्रदेश सरकारसँग रहेको सीमित स्रोत साधनको प्रयोग गरी सेवा प्रवाह, उत्पादन वृद्धि, रोजगारी सृजना र सुशासन कायम गर्ने प्रयास भइरहेको छ।’

साथै उनले प्राकृतिक स्रोतको प्रयोग गरेर मात्र मुलुक समृद्ध हुन सक्ने भन्दै त्यसतर्फ प्रदेश सरकार अग्रसर रहेको जानकारी दिए । प्रदेश सरकार रहँदा नै संघीयताको अनुभूति हुने र विकास कार्यमा तीनै तहको सहकार्य जरुरी रहेको मन्त्री चित्रकारको भनाइ छ।

उनले सरकारी बजेट पूर्वाधारतर्फ केन्द्रित भएकाले बागमती प्रदेशको औद्योगिक विकास कमजोर रहेको स्वीकार गर्नुभयो। रोजगारी सृजना नगरी दिगो विकास सम्भव नभएकाले उद्यमशीलतामा जोड दिइनुपर्नेमा मन्त्री चित्रकारको जोड छ।

बकैया गाउँपालिका उद्यमशीलतातर्फ अगाडि रहेकाले आफू उत्साहित भएको उनको भनाइ छ। थोरै पालिकाले मात्र उद्यमशीलताका काममा अघि बढेका कारण प्रदेश सरकार उद्यमशीलताका लागि स्थानीय तहसँग सहकार्य गर्न तयार रहेको पनि मन्त्री चित्रकारले बताए । उद्योग, वाणिज्य, भूमिसम्बन्धी नीति नभएका कारण विभिन्न समस्या देखिएकाले आवश्यक नीति निर्माण गरिरहेको उनले बताए  ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  १२ : १७ बजे

बैंककमा पनि मनाइयो २१२औँ भानु जयन्ती

काठमाडौं– २१२ औँ भानु जयन्तीको विशेष अवसर पारेर आज आइतबार

गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

काठमाडौं– गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन

वेतन कर्णाली जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति पत्र प्रदान

काठमाडौं–  वेतन कर्णाली सञ्चयकर्ता जलविद्युत् कम्पनी लिमिटेडद्वारा कर्णाली नदीमा निर्माणाधीन ४३९

झापामा टिपरको ठक्करबाट महिलाको मृत्यु

भद्रपुर– झापाको दमक नगरपालिका–३ सङ्गम चोकमा आइतबार सवारी दुर्घटनामा एक

जिल्ला अदालत काठमाडौंमा पाँच वर्षमा दोब्बर मुद्दा

काठमाडौं– जिल्ला अदालत काठमाडौँमा प्रत्येक वर्ष मुद्दाको चाप बढ्दै गएको छ