अपहरण गरेर सात लाख फिरौती माग्ने दुई पक्राउ | Khabarhub Khabarhub

अपहरण गरेर सात लाख फिरौती माग्ने दुई पक्राउ


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- नुवाकोटको ककनी गाउँपालिका–४ का सूर्यबहादुर तामाङलाई अपहरण गरेर सात लाख रुपैयाँ फिरौती लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्नेमा जिल्लाको ककनी गाउँपालिका–४ का राजकुमार तामाङ र शिवपुरी गाउँपालिका–८ का चन्द्रबहादुर तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काकाअनुसार गत सोमबार राति बिरामी लिन आफ्नो घर काहुलेबाट ककनी जाने क्रममा सूर्यबहादुरलाई नियन्त्रणमा लिएर रु सात लाख फिरौती लिन आएका दुई जना पक्राउ परेका र सो घटनामा संलग्न अन्य फरार भएकाले उनीहरुको खोजी भइरहेको छ ।

“सूर्यबहादुरलाई अपहरण गरेर जिल्लाको पञ्चकन्या गाउँपालिका–५ मा पुर्‍याएर आफन्तसँग फिरौती माग्ने क्रममा रु सात लाख दिन सहमति भएपछि पीडित परिवारबाट त्यसको सूचना प्राप्त गरेका हौँ ।” उनले भने, “फिरौती बुझ्न आउने क्रममा ककनीका राजकुमार र शिवपुरीका चन्द्रबहादुरलाई नियन्त्रणमा लिएका छौँ ।”

उनीहरुलाई प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद लिएको जनाएको छ । घटनामा संलग्न हुनेहरूको सङ्ख्या धेरै भएकाले अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ३ : १२ बजे

प्रि ओपन सेसन : नेप्सेमा २ अंक बढीको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

पुस्तक बिक्रीबाट सङ्कलित १२ करोड रुपैयाँ आविष्कार केन्द्रलाई

झापा– राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर

विकासको बाटो कुर्दै सिरहाका बेतौनाबासी

सिरहा– सिरहाको गोलबजार नगरपालिका– १२ स्थित बेतौना पालटोलका बासिन्दा पछिल्लो

अशक्तलाई घरमै नागरिकताको प्रमाणपत्र 

तनहुँ– जन्मजात शारीरिक अपाङ्गता भएकी २० वर्षीया नवीना खनालले नागरिकता

नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी

नवलपरासी– चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद