‘अफ्रिकन स्वाइन फिभर’ का कारण तनहुँमा एक महिना नबित्दै ३० वटा बङ्गुर मरे « Khabarhub

‘अफ्रिकन स्वाइन फिभर’ का कारण तनहुँमा एक महिना नबित्दै ३० वटा बङ्गुर मरे


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

तनहुँ- ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणबाट जिल्लामा एक महिना नबित्दै ३० वटा बङ्गुर मरेका छन् । यसै महिनाको १ गतेदेखि हालसम्म उक्त परिमाणका बङ्गुर मरेकामा व्यास नगरपालिकामा सबैभन्दा बढी छन् । उक्त नगरपालिकामा उन्नाइस, म्याग्देमा आठ, भीमादमा दुई र ऋषिङ गाउँपालिकामा एक वटा बङ्गुर मरेका हुन् ।

उक्त सङ्क्रमणका कारण बङगुर मर्न थालेपछि यहाँका व्यावसायिक किसान चिन्तित भएका छन् । जिल्लाका दस पालिकामध्ये चार पालिकमा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण फैलिएको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका पशु प्राविधिक रुद्रसिं ठकुरीले जानकारी दिए । महामारीको रूपमा रहेको यस रोगको उपचार नहुने भएकाले उच्च जैविक सुरक्षा अपनाउन किसानलाई आग्रह गरिएको उनको भनाइ थियो ।

”बाह्य मानिसलाई फार्ममा जान नदिन र बङ्गुर तथा सुङ्गुर ओसारपसार कार्य नगर्न सुझाव दिइएको छ”, प्राविधिक ठकुरीले भने, ”सुँगुर तथा बङ्गुरबाट सुङ्गुर तथा बङ्गुरमै यो रोग सजिलै सर्छ तर मानिसमा सर्दैन ।” संस्था दर्ता गरी व्यावसायिक रूपले काम गर्दै आएका किसानलाई महामारीले सताएपछि पडित किसानलाई पुनःस्थापना कार्यक्रमअन्तर्गत प्रतिबङ्गुर रु चार हजारका दरले सहयोग गरिने सो कार्यालयले जनाएको छ ।

केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बङ्गुर फार्ममा पुगेर अनुसन्धान थालेको छ । पीडित किसानका फार्ममा पुगेर सतर्कता अपनाउन आग्रह गरिएको कार्यालय प्रमुख डा राजेशकुमार चौधरीले बताए । सञ्चारमाध्यमबाट सन्देशमूलक सूचना प्रवाहसमेत गरिँदै आएको उनको भनाइ थियो ।

उक्त रोगविरुद्ध हालसम्म कुनै भ्याक्सिन नबनेकाले सङ्क्रमण नफैलिएका अन्य पालिकामा पनि किसानलाई सतर्कता अपनाउन लगाइएको छ । उक्त रोगका कारण बङ्गुरमा उच्च ज्वरो आउने, खान मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्नेजस्ता लक्षण देखापर्छन् ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ३ : ३३ बजे

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर