सरकारले स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउँदै लैजान्छ : मन्त्री बस्नेत « Khabarhub

सरकारले स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउँदै लैजान्छ : मन्त्री बस्नेत


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउँदै लैजाने बताएका छन् ।

मेची आँखा अस्पतालको २७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार झापामा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले २०५४ देखि स्वास्थ्य क्षेत्रमा दरबन्दी नबढाएको बताउँदै वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा आवश्यक कर्मचारी परिपूर्ति गर्न दरबन्दी बढाउदै लैजाने बताए ।

उनले अहिले ९२ हजार स्वास्थ्यकर्मी आवश्यक भएपनि २८ हजार जनशक्ति मात्र रहेको बताए । ३२ हजारको जनशक्ति तत्काल परिपूर्ति गर्ने गरि प्रक्रिया अघि बढेको उनको भनाइ छ ।

मन्त्री बस्नेतले मन्त्रालयले एक सयदेखि तीन सय शय्यासम्मका अस्पतालमा नर्सिङ र प्यारामेडिक्सको पढाइ गर्ने र तीन सय शय्याभन्दा माथिका अस्पतालमा ‘एमबिबिएस’ को पढाइ सुरु गर्ने गरि तयारी भइरहेको जानकारी दिए ।

त्यस्तै उनले आखा उपचारको सेवा विस्तार गर्नुपर्ने र ७७ जिल्लाबाट सेवा प्रवाह गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ६ : १४ बजे

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ

जापान र चीनबीच बढ्दो तनाव

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा

सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट