कोशीमा थपिए चार मन्त्री र दुई राज्यमन्त्री « Khabarhub

कोशीमा थपिए चार मन्त्री र दुई राज्यमन्त्री


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चार मन्त्री र दुई राज्यमन्त्री थप्दै सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री बनेको चार महिनापछि कार्कीले दोस्रो पटक सरकार विस्तार गरेका हुन् ।

कोशीमा नेपाली कांग्रेसबाट मन्त्री बनेका प्रदिपकुमार सुनुवारलाई स्वास्थ्य र रामकुमार खत्रीलाई उद्योग कृषि तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

माओवादी केन्द्रबाट मन्त्री बनेका राजेन्द्र कार्कीलाई सामाजिक विकास र नारायण मगरलाई खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ नियुक्त भएका छन् । उनीहरु दुवै कांग्रेसका हुन् ।

६ जना थपिएपछि कोशीको मन्त्रीपरिषद् १० सदस्यीय भएको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ५ : ४४ बजे

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका