‘पोइट आइडल’ विवादबारे केकी : आलोचनालाई सकारात्मक रुपमा ग्रहण गरेकी छु « Khabarhub

‘पोइट आइडल’ विवादबारे केकी : आलोचनालाई सकारात्मक रुपमा ग्रहण गरेकी छु


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘द पोइट आइडल’को निर्णायक छनोटको विषयमा उत्पन्न विवादका बारेमा नायिका केकी अधिकारीले मुख खोलेकी छन् । ‘केकी निर्णायकमा उपयुक्त छैनन्’ भनेर आएको प्रतिक्रियालाई सकारात्मकरुपले लिएको उनले प्रतिक्रिया दिएकी छन् ।

कार्यक्रमको औपचारिक घोषणा गर्न शुक्रबार नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा केकीले आफूमाथि आएका फरक विचारलाई सम्मानका साथ ग्रहण गरेको धारणा राखिन् ।

उनले स्पष्ट पार्दै भनिन्, ‘हामी सबैको आ–आफ्नो विचार हुन्छ र विचार राख्न पाउनुपर्छ भन्छौं । आफूमाथि फरक विचार राख्दा प्रतिकार गर्ने, यो विचार म लिन तयार छैन भन्ने चरित्र देखाउन लायक हुन्छ जस्तो मलाई लाग्दैन । सायद अभियनको प्रतियोगितामा अन्य क्षेत्रको व्यक्ति आएर निर्णायक बनेको अवस्थामा हाम्रो पनि असन्तुष्टि हुन सक्थ्यो ।’

यो शोलाई लिएर आफूमाथि भएका टिप्पणी कार्यक्रम उत्कृष्ट बनाउने उद्देश्यले नै आएको उनको बुझाइ छ ।

उनी थप्छिन्, ‘कविता वा साहित्य क्षेत्रमा लामो समयदेखि योगदान दिनुभएको व्यक्तिहरु नै निर्णायक भएको भए यो कार्यक्रम झन् राम्रो हुने थियो भन्ने उहाँहरुको धारणा हो । जुन राम्रो हो ।’

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ६ : २७ बजे

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा