एनसेल प्रकरणमा छानबिन समितिको प्रतिवेदनलाई कार्ययोजना बनाएर कार्यान्वयन गरिन्छ : मन्त्री शर्मा « Khabarhub

एनसेल प्रकरणमा छानबिन समितिको प्रतिवेदनलाई कार्ययोजना बनाएर कार्यान्वयन गरिन्छ : मन्त्री शर्मा


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदनलाई कार्ययोजना बनाएर कार्यान्वयन गर्ने निर्णय भएको जानकारी दिएकी छन् ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा मन्त्री शर्माले उक्त प्रतिवेदन हाल मन्त्रिपरिषदमा रहेको र अध्ययन भइरहेको भन्दै कार्ययोजना बनाएर कार्यान्वयन गर्ने निर्णय भएको जानकारी दिइन् ।

उनले छानबिन समिति मन्त्रिपरिषले बनाएको भन्दै प्रतिवेदन सार्वजनिक गर्ने क्षेत्राधिकार आफ्नो मन्त्रालयको नभएको बताइन् । त्यस्तै मन्त्री शर्माले टेरामक्स र एमडीएमएस खरिदका विषयमा छानबिन गर्दै कारवाही गरिने जिकिर गरिन् । संविधान र कानूनभन्दामाथि कोही नरहेको भन्दै उनले टेरामक्सको छानबिनलाई प्रभाव पार्ने काम नगरेको स्पष्ट पारिन् । उनले यससम्बन्धी कागजात छिट्टै समितिमा उपलब्ध गराउने बताइन् ।

बैठकमा समिति सदस्य सुमना श्रेष्ठले एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन सार्वजनिक हुनुपर्ने धारणा राखिन् । उनले टेरामक्स र एमडीएमएस खरिदका सबै कागजात मागेको एक हप्ता बितिसक्दा पनि समितिमा उपलब्ध नगराएको भन्दै आपत्ती जनाइन् ।

त्यस्तै बैठकमा सुरक्षण मुद्रणसम्बन्धी विधेयकमा दफावार छलफल भएको थियो ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ७ : ०८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल