एनसेल प्रकरणमा छानबिन समितिको प्रतिवेदनलाई कार्ययोजना बनाएर कार्यान्वयन गरिन्छ : मन्त्री शर्मा « Khabarhub

एनसेल प्रकरणमा छानबिन समितिको प्रतिवेदनलाई कार्ययोजना बनाएर कार्यान्वयन गरिन्छ : मन्त्री शर्मा


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदनलाई कार्ययोजना बनाएर कार्यान्वयन गर्ने निर्णय भएको जानकारी दिएकी छन् ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा मन्त्री शर्माले उक्त प्रतिवेदन हाल मन्त्रिपरिषदमा रहेको र अध्ययन भइरहेको भन्दै कार्ययोजना बनाएर कार्यान्वयन गर्ने निर्णय भएको जानकारी दिइन् ।

उनले छानबिन समिति मन्त्रिपरिषले बनाएको भन्दै प्रतिवेदन सार्वजनिक गर्ने क्षेत्राधिकार आफ्नो मन्त्रालयको नभएको बताइन् । त्यस्तै मन्त्री शर्माले टेरामक्स र एमडीएमएस खरिदका विषयमा छानबिन गर्दै कारवाही गरिने जिकिर गरिन् । संविधान र कानूनभन्दामाथि कोही नरहेको भन्दै उनले टेरामक्सको छानबिनलाई प्रभाव पार्ने काम नगरेको स्पष्ट पारिन् । उनले यससम्बन्धी कागजात छिट्टै समितिमा उपलब्ध गराउने बताइन् ।

बैठकमा समिति सदस्य सुमना श्रेष्ठले एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन सार्वजनिक हुनुपर्ने धारणा राखिन् । उनले टेरामक्स र एमडीएमएस खरिदका सबै कागजात मागेको एक हप्ता बितिसक्दा पनि समितिमा उपलब्ध नगराएको भन्दै आपत्ती जनाइन् ।

त्यस्तै बैठकमा सुरक्षण मुद्रणसम्बन्धी विधेयकमा दफावार छलफल भएको थियो ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ७ : ०८ बजे

नेपाललाई अन्तर्राष्ट्रिय रग्बी सिरिज

काठमाडौं- नेपालले बंगलादेशसँगको अन्तर्राष्ट्रिय रग्बी सिरिज जितेको छ । सेभन्सको

तिङ्लाको सुक्खा पहिरोको अध्ययन गर्न भूगर्भविद्को टोली खटिए

सोलुखुम्बु– सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा हिउँदमा गएको सुक्खा पहिरोको अध्ययन गर्न

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान भव्य रूपमा मनाउन आह्वान

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले साझा प्रतिबद्धता

मानव बेचबिखन तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले मानव बेचबिखन तथा शरीर बन्धक

मुख्यसचिव अर्याल भन्छन्ः संविधानको मर्मअनुरुप तीन तहका सरकारबीच समन्वय हुनुपर्छ

काठमाडौं – नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले संविधानको मर्म र