विश्वकप खेलेको टिमको कप्तान बनेर क्रिकेटमा फर्कदै पारस | Khabarhub Khabarhub

विश्वकप खेलेको टिमको कप्तान बनेर क्रिकेटमा फर्कदै पारस


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


35.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का फेरी एक पटक घरेलु मैदानमा क्रिकेट खेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव खडकालाई खेलाएर नीजि क्षेत्रबाट निर्मित नेपालको पहिलो क्रिकेट रंगशाला एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन हुने भएको हो ।

रुपेन्देहीको तिलोत्तमामा फागुन १४ गते एक्स्ट्राटेक ओभर क्रिकेट मैदानको उद्घाटनमा आयोजित मैत्रीपूर्ण क्रिकेट खेलमा पारस मैदान फर्कने छन् ।

नेपालको पहिलो अन्तराष्ट्रिय खेल खेलेको १९९६ को टोली, रुपन्देही लिजेन्ड्स, सन् २०१४ को टी ट्वान्टी विश्वकप खेलेको टोली र रेस्ट अफ नेपाल गरि ४ टोलीलाई १० ओभरको म्याच खेलाएर मैदानको उद्घाटन गर्ने आयोजकको तयारी छ । पारसले सन् २०१४ को विश्वकप खेलेको नेपाली टोलीको नेतृत्व गर्नेछन् ।

अष्ट्रेलियामा रहदै आएका बिनोद कुँवरले नीजि लगानीमा रुपन्देहीमा अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशालाको बनेको हो । यो रंगशाला निर्माण घोषणाको एक वर्षमा सम्पन्न भएको छ ।

 

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ७ : १९ बजे

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ