अनलाइन भिसा चाहियो ? यस्तो छ प्रक्रिया « Khabarhub

अनलाइन भिसा चाहियो ? यस्तो छ प्रक्रिया



काठमाडौं– नेपालमा दुई जना प्रशासकको चर्चा अलि बढी नै हुने गरेको छ, एकजना विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र अर्का अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ । लोडसेडिङ अन्त्य गरेर कुलमान चर्चामा आएका छन् भने घुस नखाने र प्रशासनिक सुधारमा सक्रिय रहने पहिचान रुद्रसिंहले बनाएका छन् ।

रुद्रसिंह तामाङ केही महिनाअघि मात्रै अध्यागमन विभागको महानिर्देशक बनेका छन् । उनले शुक्रबारदेखि अध्यागमन कार्यालयहरुलाई अटोमेसनमा लगेका छन्, जसका कारण अब भिसाका लागि लाइनमा बस्नुपर्ने बाध्यता हट्ने भएको छ ।

अघिल्लो साता बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई ब्रिफिङ गरेका महानिर्देशक तामाङले शुक्रबार गृहमन्त्री नारायणकाजी श्रेष्ठमार्फत् ई–भिसा र त्यसको अनलाइन भुक्तानी प्रणालीको औपचारिक उदघाटन गराएका हुन् ।

कार्यक्रममा महानिर्देशक तामाङले भने, ‘यसबाट सेवाग्राहीले अनलाइनबाट भरेको आवेदनको अवस्था तथा भुक्तानीको विवरण अनलाइन प्रणालीमार्फत ट्रयाक गरी हेर्न सकिने भएको छ भने विभाग तथा कार्यालयहरुबाट प्रदान गरिने सेवाको शुल्क भुक्तानीका लागि अनलाइन भुक्तानीलाई प्रोत्साहित गर्ने गरिएको छ ।’

महानिर्देशक तामाङले आगामी फागुन १ गतेदेखि अध्यगमन विभागको सेवा प्रवाह बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म हुने बताएका छन् । अहिले विभागका कर्मचारीले विहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्रै काम गर्दै आएका थिए ।

महानिर्देशक तामाङले अध्यागमन विभागको सेवा प्रणालीमा सुधार गरिने जानकारी दिए । उनका अनुसार विभागमा रहेको Kiosk मेसिन हटाएर प्रयोगकर्ता निर्देशिका अर्थात् युजर म्यानुअल सिस्टमबाट काम हुने भएको छ । यसका लागि विभागका कर्मचारीलाई विदेशबाट ह्वाट्एप र भाइबरमा समेत सम्पर्क गर्न सकिने विभागले जनाएको छ । यसका लागि विभागले नयाँ स्वरुपको वेबसाइट शुक्रबार देखि नै सञ्चालनमा ल्याएको छ ।

ई–भिसाको आवेदन कसरी दिने ?

विभागले सुरु गरेको ई–भिसाको आवेदन प्रक्रिया ८ प्रकारका रहेका छन् । यसका लागि www.nepaliport.immigration.gov.np  मा ब्राउज गरी प्रक्रियामा प्रवेश गर्नुपर्ने छ ।

अनलाइनबाट कसरी भुक्तानी गर्ने ?

भिसा वापतको राजस्व अनलाइनबाटै तिर्न सकिने विभागले जनाएको छ । यसका लागि विभागको आधिकारिक वेबसाइटमा गएर प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

भिसाको राजस्व भुक्तानीका लागि क्यूआर कोड स्क्यानका साथै निजी वालेटको माध्यमबाट रकम तिर्न सकिने विभागले जनाएको छ ।

तस्बिरहरु- चिरायु शाक्य

यो पनि…

अध्यागमनले आजदेखि सुरु गर्‍यो ई-भिसा

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  १० : ३५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।