लोकतन्त्र स्थापनाको आन्दोलनमा प्रदेशको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

लोकतन्त्र स्थापनाको आन्दोलनमा प्रदेशको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

मोरङ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कोशी प्रदेशले मुलुकमा लोकतन्त्र स्थापनाको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन् ।

न्यू सृष्टि दैनिकको १३ औँ वार्षिकोत्सव एवं सम्मान कार्यक्रमको आज उद्घाटन गर्दै उनले प्रदेशका जनताले गरेको आन्दोलनका कारणमा मुलुकमा गणतन्त्र र लोकतन्त्र स्थापना भएको बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले मुलुकमा बसोवास गर्ने विविध जातजाति, भाषाभाषी एवं संस्कृति अवलम्वन गरेका समुदायका वीचमा आपसी सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्ने काममा सञ्चार माध्यमले योगदान गर्नुपर्ने बताइन् ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश पुनः नामकरण सङ्घर्ष समितिसँग आज भएको पाँच बुँदे सहमतिले प्रदेशमा आजदेखि बन्द हडताल सधैँका लागि बन्द गरेको बताए ।

उक्त दैनिकका प्रधानसम्पादक एवं रासस सञ्चालक समितिका सदस्य शङ्कर खरेलले आगामी वर्ष आफ्नो पत्रिकाले दैनिकले युवा वर्षका रुपमा मनाउने बताए।

वरिष्ठ कलाकार नीरविक्रम शाह, नायक विश्व बस्नेत, वरिष्ठ लोकगायक कुमार बस्नेत,अभिनेत्री शर्मिला मल्लले सम्पूर्ण राष्ट्रिय एकताका निम्ति नेपाली एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ९ : ४० बजे

मिर्गौला पीडितहरूद्वारा सहयोगको याचना

गलकोट– मिर्गौलामा समस्या देखिँदा मनिषा १७ वर्षकी थिइन् । उनी

सर्वोच्च अदालतमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानन्यायाधीश राउतसँग अलग्गै वार्ता

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार सर्वोच्च अदालत पुगेकी छन् ।

प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी

नारायणगढ– हालै प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको देवघाटमा यस वर्ष

बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा हालै पदोन्नति भएका सहायकरथीत्रय

किम जोङ उनकी छोरी उत्तराधिकारी हुने सङ्केत

प्योङयाङ- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी किशोरी छोरीले