गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २८ हजार नजिक « Khabarhub

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २८ हजार नजिक


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २७ हजार ९४७ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।

प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले गत वर्ष अक्टोबरमा इजरायल-हमास द्वन्द्व सशुरु भएदेखि तटीय एन्क्लेभमा ६७ हजार ४५९ प्यालेस्टाइनीहरू घाइते भएको बताएको छ।

इजरायली सेनाको आक्रमणबाट विगत २४ घण्टामा १०७ प्यालेस्टाइनीहरूको मृत्यु भएको छ भने र १४२ अन्य घाइते भएका छन्। केही पीडितहरू भग्नावशेष मुनि पुरिएको बताइएको छ ।

यसै बीच प्यालेस्टिनी सुरक्षा स्रोतहरू र प्रत्यक्षदर्शीहरूले इजरायली विमानहरूले गाजा शहरका अल-रिमाल, अल-साबरा, अल-जायटौन, ताल अल-हवा र शेख अजलिन लगायतका धेरै घरहरूलाई लक्षित गरी शृङ्खलाबद्ध आक्रमण गरेका छन् ।

स्रोत सिन्ह्वालाई बताए अनुसार इजरायलको हवाई र आर्टिलरी बमबारी र ती क्षेत्रमा चल्ने सबै चीजहरूमा ड्रोन आक्रमणका कारण एम्बुलेन्सहरू लक्षित स्थानमा पुग्न सकेका छैनन् ।

यसैबीच, दक्षिणी गाजान शहर रफाहमा दुईवटा घरलाई लक्षित गरी भएको बम आक्रमणमा कम्तीमा ८ प्यालेस्टाइनीको मृत्यु भएको चिकित्सा स्रोतहरूले बताएका छन्।

प्यारामेडिक्सका अनुसार दक्षिणी गाजाको सबैभन्दा ठूलो शहर खान युनिसमा इजरायलले चलाएको तोप गोलाबारीको कारण स्थिति तनावग्रस्त बनेको छ ।

साथै, मध्य गाजाको देइर अल-बालाह शहरमा इजरायली विमानले बमबारी गर्दा थुप्रै प्यालेस्टिनीहरू मारिएका छन् भने केही घाइते भएका छन्।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  १० : ४८ बजे

अमरेशको चेतावनी : वर्तमान संविधान असफल भए १० वर्षसम्म नयाँ संविधान बन्दैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं–  जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ- चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको

रविले भने, ‘पार्टी र सरकारबीच प्रभावकारी समन्वय चाहिएको छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

काठमाडौं– काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय