फर्मा एक्स्पोबाट औषधि व्यवसायी उत्साहित « Khabarhub

फर्मा एक्स्पोबाट औषधि व्यवसायी उत्साहित


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको नवौँ नेपाल फर्मा एक्स्पो २०२४ बाट औषधि व्यवसायी उत्साहित भएका छन् ।

शुक्रबार उद्घाटन सत्रमा सरकारी अतिथि वक्ताले नेपाली औषधि व्यवसायका क्षेत्रमा देखिएका समस्या समाधान गर्न तयार भएको बताएपछि उनीहरु उत्साहित भएका हुन् ।

नेपाली औषधि उत्पादक सङ्घ (एपोन)ले आयोजना गरेको उक्त एक्स्पोको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले नेपालको भूगोल, परिवेश र हावापानीमा हुने रोगलाई दृष्टिगत गरेर औषधि उत्पादन गरे स्वदेशी उत्पादनको खपत बढ्ने बताए ।

सरकार र निजी क्षेत्रबीच खाडल रहेको भन्ने भ्रम चिर्दै सकारात्मक रुपमा अघि बढ्न उनले आग्रह गरे ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले एक्स्पोले औषधि उत्पादनको क्षमता प्रदर्शन गरेको उल्लेख गर्दै सबैले सफा नियतले काम गर्नुपर्ने बताए । उनले उत्पादक, चिकित्सक र राज्यले नेपाली औषधिलाई सकारात्मक दृष्टिले हेर्नुपर्ने बताए ।

एपोनका निवर्तमान अध्यक्ष प्रज्वलजङ्ग पाण्डले औषधिका आधारभूत कुरामा अल्झनभन्दा विश्व बजारमा कसरी पु¥याउन सकिन्छ भन्नेबारे छलफल गर्नुपर्ने बताए ।

एपोनका पूर्वअध्यक्ष उमेशलाल श्रेष्ठले खुला अर्थ बजारमा मूल्य नियन्त्रित नहुने भन्दै नेपालको खुला बजारमा औषधिलाई नियन्त्रणमा राख्न नहुने बताए । औषधिको मूल्य बजारले नै निर्धारण गर्ने उनको भनाइ थियो ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीले औषधि उद्योगलाई दिगो बनाउन चुनौती रहेको बताए । उनले औषधि उद्योगलाई दिगो बनाउनका लागि नीतिभन्दा पनि नियत खराब रहेकाले फस्टाउन समस्या रहेको बताए । कार्यक्रममा आयुर्वेद औषधि उत्पादक सङ्घका अध्यक्ष सुमन पाण्डे, नेपाल औषधि व्यवसायी सङ्घ (एनसिडिए) का अध्यक्ष प्रकाशकुमार खण्डेलवाल, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकाल, चितवन उद्योग सङ्घका पूर्वअध्यक्ष राजु पौडेल, एफिनका अध्यक्ष पदम खड्का, नेपाल केमिकल एण्ड मेडिकल सप्लायर्सका भक्त हमाल, नेपाल फर्मास्युटिकल एसोसिसनका अध्यक्ष ललितमोहन पन्थ लगायतले नेपाल औषधि व्यवसायबारे आ–आफ्ना धारणा राखेका थिए ।

एक्स्पो संयोजक प्रभात रुङ्गटाले ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मूल नाराका साथ एक्स्पो सुरु भएको बताए । भोलिसम्म चल्ने एक्स्पोमा १६० कक्ष रहेका छन् ।

नेपाल, भारत, सिङ्गापुर, बङ्गलादेश, अमेरिका, जर्मनी, चीनलगायत देशले औषधि उत्पादनमा प्रयोग गर्ने उपकरण, प्रयोगशाला, कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिका कक्ष राखिएका छन् ।

नेपाली उद्योगले उत्पादन गरेका औषधि विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्षम छन भन्ने बुझाउन एक्स्पो आयोजना गरिएको सङ्घका उपाध्यक्ष सन्तोष बरालले बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ९ : ५१ बजे

विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले

विश्वकपमा वेस्ट इन्डिजको लगातार दोस्रो जित : इंग्ल्यान्ड ३० रनले पराजित

मुम्बई – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत बुधबार राति भएको

दिपेन्द्रले पाकिस्तान सुपर लिग खेल्ने : इलामावाद युनाइटेडमा ६० लाखमा अनुबन्ध

काठमाडौं – नेपाली क्रिकेट टिमका उपकप्तान अलराउन्डर दिपेन्द्रसिंह ऐरीले पाकिस्तान

निर्वाचन २१ दिन बाँकीः यी हुन् नागरिक शिक्षा प्रवर्द्धनका स्रोत सामग्री

काठमाडौं – निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ २९ गते बिहीबार फागुन