एकसय ९९ हप्तादेखि निरन्तर सरसफाइ « Khabarhub

एकसय ९९ हप्तादेखि निरन्तर सरसफाइ


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२६ सामाखुशी सङ्गमटोलदेखि पवित्रनगर चोकसम्म संस्कार समाज नेपालले विगत एक सय ९९ हप्तादेखि निरन्तर सरसफाइ कार्यक्रम सञ्चालन भइरहेको छ ।

‘असल संस्कार सिकौँ, सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल नाराका साथ २०७४ सालमा स्थापना भएको संस्कार समाजले एक सय ९९ हप्तादेखि निरन्तर सरसफाइ अभियान सञ्चालन गरेको हो । हरेक शनिबार बिहान ८ बजेदेखि ९ बजेसम्म सञ्चालन हुँदै आएको सरसफाइ कार्यक्रमअन्तर्गत आज नवसङ्गम मार्गदेखि पवित्रनगरसम्म सरसफाइ गरिएको हो ।

संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङले असल संस्कारको विकास गर्नसके देशको विकास हुने भएकाले सरसफाइमार्फत असल संस्कार प्रदान गरिँदै आएको बताए । उनले सरकारले लिएको समृद्ध मुलुकको लक्ष्य पूरा गर्न असल संस्कार आवश्यक रहेको र असल संस्कारको विकासका लागि संस्कार समाजले काम गर्दै आएको उल्लेख गरे ।

सो समाजले यसअघि नयाँ बसपार्कबाट विभिन्न जिल्लामा ओहोरदोहोर गर्ने सार्वजनिक सवारीसाधनलाई एक हजार थान पेनड्राइभ, पाँच सय थान डस्बिन, समाज परिवर्तनका लागि नैतिक शिक्षा, सामाखुशीदेखि माछापोखरी चोकसम्म ट्राफिक जनचेतनासम्बन्धी सूचनापाटी निर्माणको काम सम्पन्न गरेको छ भने प्रत्येक हप्ता शनिबार देशभरका विभिन्न स्थानमा सरसफाइ कार्यक्रम गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  १२ : २४ बजे

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ