मैत्रीपूर्ण खेलमा नेपाली सेनाको वज्रदल विजयी « Khabarhub

मैत्रीपूर्ण खेलमा नेपाली सेनाको वज्रदल विजयी


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

जानकी – महाशिवरात्रि तथा दुई सय ६१औँ सेना दिवसका अवसरमा बाँकेको राँझास्थित वज्रदल गणले आयोजना गरेको मैत्रीपूर्ण खेलमा नेपाली सेनाले एकका विरुद्ध दुई गोल गर्दै विजयी भएको छ । आज आयोजित मैत्रीपूर्ण खेलमा नेपाल प्रहरीलाई एकका विरुद्ध दुई गोलले हराउँदै वज्रदल गण विजयी भएको हो । 

वज्रदल गणका तर्फबाट सुमन थारूले आठ मिनेटमा एक गोल गरेका थिए भने सोही गणका निरज खातीले एक गोल गरेका थिए । त्यसैगरी, जिल्ला प्रहरी कार्यालय बाँकका तर्फबाट अनिल चौधरीले खेलको सत्रौँ मिनेटमा एक गोल गरेका थिए । 

यसैगरी, उक्त मैत्रीपूर्ण भलिबल खेलमा वज्रदल गणले नै विजय हासिल गरेको छ । वज्रदल गण र बाँकेको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण मुख्यालय वागिश्वरीबीच भएको भलिबल खेलमा २५–१७, २५–१४ को सेटले सशस्त्रलाई पराजित गर्दै वज्रदल गणले जित हात पारेको हो । 

प्रतियोगिताका विजयी खेलाडीलाई जिल्ला न्यायाधीश भीष्मराज प्रसाईँले नगद रु १० हजार पुरस्कार प्रदान गरेका थिए । विभिन्न संस्थालाई सम्मान गरिएको थियो । 

मैत्रीपूर्ण फुटबल र भलिबल खेलको उद्घाटन सत्रमा न्यायाधीश प्रसाईं, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, चार नम्बर वाहिनीका वाहिनीपति सहायकरथी प्रकाश थापा, वज्रदल गणका गणपति प्रमुख सेनानी रवीन श्रेष्ठ, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुबासचन्द्र बोहोरा, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक विमल डाँगी, राष्ट्रिय अनुसन्धान बाँकेका प्रमुख ओम खड्कालगायत उपस्थित थिए। 

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  १ : ५२ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक