नाटक ‘रिफण्ड’ आजदेखि पब्लिक शोमार्फत मञ्चन « Khabarhub

नाटक ‘रिफण्ड’ आजदेखि पब्लिक शोमार्फत मञ्चन


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

गण्डकी– फागुन १४ गतेदेखि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘बुकिङ शो’ मार्फत मञ्चन भइरहेको नाटक ‘रिफण्ड’ आजदेखि ‘पब्लिक शो’ मा मञ्चन भएको छ । 

यही फागुन २८ गतेसम्म मञ्चन हुने नाटक आज दिउँसो १ बजे, आइतबार र सोमबार साँझ ५ बजे मञ्चन गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए। उनका अनुसार हालसम्म बुकिङ शोमार्फत १४ पटक मञ्चन भएको नाटक करिब तीन हजार दर्शकले हेरिसकेका छन् । पब्लिक शोमार्फत नाटक हेर्न रू दुई सय शुल्क निर्धारण गरिएको छ ।

हङ्गेरियन लेखक फ्रिज क्यारेन्थिले सन् १९३८ मा लेखेको यो नाटकलाई नारायण न्यौपानेले नेपालीमा अनुवाद गरेका छन् । कक्षा ११ को अनिवार्य अङ्ग्रेजी विषयमा समावेश भएको ४० मिनेट अवधिको नाटकले घोकन्ते शिक्षाभन्दा व्यावहारिक र सीपमूलक शिक्षामा जोड दिएको छ ।

नाटकमा रमेशबाबु तिमल्सिना, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, रोहित पौडेल, आदित्य सुनार, ज्योति हमाल, सुशन पौडेल र रोशनी रामदामको अभिनय हेर्न पाइन्छ । पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको नाटकको निर्देशन पोखरा थिएटरको अध्यक्षसमेत रहेकाले परिवर्तन गरे ।

पछिल्लो समयमा नाटकप्रति स्कुलमा अध्ययनरत विद्यार्थीको आकर्षण बढेको भन्दै थिएटरको संयोजनमा पोखराका १७ विद्यालयमा नाटकको कक्षा सञ्चालन भइरहेको थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले जानकारी दिए। 

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ३ : ३१ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७