मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम पार्टीले गर्दैन : महामन्त्री शर्मा « Khabarhub

मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम पार्टीले गर्दैन : महामन्त्री शर्मा


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम पार्टीले नगर्ने स्पष्ट पारेका छन् ।

नेपाल शिक्षक संघ बागमती प्रदेशको चौथो सभा उद्घाटन गर्दै शर्माले प्रधानमन्त्रीले गठबन्धन परिवर्तन गरेपनि अहिलेको सरकारलाई लामो समय चल्न दिनुपर्ने भन्दै मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम कांग्रेसले नगर्ने स्पष्ट पारेका हुन् ।

उनले कांग्रेसका तर्फबाट मन्त्री भएकाहरूलाई एक वर्ष काम गर्न दिएर समीक्षा गर्ने तयारी गरेपनि प्रधानमन्त्रीले हतारो गरेको बताए ।

शर्माले जनताको चाहना र भावना अनुसारको मुद्दा लिएर कांग्रेसले शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । 

कांग्रेस र एमालेलाई माओवादीले पटक पटक धोका दिएको भन्दै उनले धोका दिएकाहरू एक ठाँउ आए बाँकी व्यवस्था आफै हुँदै जाने जिकिर गरे ।

त्यस्तै शर्माले अहिले भएको गठबन्धन परिवर्तनको कदमले जनतामा नकारात्मक सन्देश गएको पनि बताए ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ४ : ०४ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य