ललितकला प्रदर्शनीमा युवाको आकर्षण | Khabarhub Khabarhub

ललितकला प्रदर्शनीमा युवाको आकर्षण


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– बुटवल उपमहानगरपालिका–१५ सेमलारस्थित नवरत्न माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत युवराज तरामु एउटा चित्रले दिने सन्देश समाज परिवर्तनका लागि निकै महत्वपूर्ण हुने बताउँछन् । 

बुटवलमा सञ्चालित लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनीमा अवलोकनका लागि आएका तरामुले कलाले समाजका हरेक पक्षलाई उजागर गर्ने र तथ्य स्पष्ट पर्ने भएकाले चित्रकलाको सन्देश महत्वपूर्ण हुने बताए । प्रदर्शनीमा राखिएका विविधखाले चित्रकलाको अवलोकनले आफूमा पनि चित्रकलाको चासो र ज्ञान बढेको उनले बताए। 

बुटवलस्थित रुपन्देही उद्योग सङ्घको सभाकक्षमा यही फागुन २२ गतेदेखि आयोजना गरिएको प्रदर्शनी अवलोकनका लागि आउने दर्शक सबै तहका रहे पनि युवा तथा विद्यार्थीमा चासो र जिज्ञासा बढी देखिएको छ । बौद्धिक वर्गले विष्लेषणात्मकरुपले अध्ययन गर्ने गरेको आयोजकले जनाएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लुम्बिनी प्रदेश समन्वय समितिको आयोजनामा सञ्चालित प्रथम लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनीमा सन्देशमूलक कलाकृति राखिएका छन् । 

दर्शकले हेर्दा स्पष्ट बताउन सक्ने खालका महत्वपूर्ण र ऐतिहासिक तस्बिर प्रदर्शनका लागि राखिएका प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभाग प्रमुख तथा प्रादेशिक प्रदर्शनीका संयोजक प्राज्ञ दिनेश्वर महतोले बताउनुभयो । उहाँका अनुसार हालसम्म करिब १५ हजारभन्दा बढी व्यक्तिले प्रदर्शनीको अवलोकन गरेका छन् ।

प्रदर्शनीमा लुम्बिनी प्रदेशका एक सय २४ कलाकारबाट निर्मित दुई सय कलाकृति राखिएका संयोजक महतोले बताए । अवलोकनका लागि आउने हरेकले कलाकृति हेर्दै सकारात्मक प्रतिक्रिया तथा सुझाव दिएका उनको भनाइ छ ।

संयोजक महतोले दर्शकले ललितकला प्रदर्शनी मानव सभ्यता र विकासका लागि अतिमहत्वपूर्ण भएकाले स्थानीय, प्रदेश र सङ्घ सरकारले सङ्ग्रहालय बनाउनुपर्ने सुझाव दिए। 

प्रदर्शनीमा कवि गोष्ठी तथा कलासम्बन्धी अन्तक्र्रिया, विद्यालयस्तरीय चित्रकला कार्यशाला एवं प्रदर्शनी, विद्यार्थीबीच मूर्ति बनाउने प्रत्यक्ष प्रस्तुतीकरण पनि गरिएको थियो । यस्ता खालका प्रदर्शनीले पढ्ने विद्यार्थी र कलासम्बन्धी खोज अनुसन्धान तथा जिज्ञासा राख्नेलाई लाभदायी र प्रेरणा योग्य हुने प्रदर्शनीका सहआयोजक तथा नेपाल व्यावसायिक कलाकार सङ्घ रुपन्देहीका अध्यक्ष दिलीप रसाइलीले बताए।

यस्ता प्रदर्शनीले यस क्षेत्रको कलाको संरक्षण, प्रवर्द्धन, प्रचारप्रसार गर्नुका साथै कलाकारको सम्मान पनि हुने प्रदेश समन्वय समितिका सदस्य सचिव एचबी रम्तेलले बताए। उनले प्रतिष्ठानले सातै प्रदेशमा ललितकलाको प्रदर्शन गरेको भन्दै प्रादेशिक प्रदर्शनबाट छनोट भएका कलाकृतिलाई राष्ट्रिय ललितकला प्रतिष्ठानमा समावेश गरिने जानकारी दिए। 

उत्कृष्ट प्रादेशिक ललितकला पुरस्कार, प्रादेशिक ललितकला विशेष पुरस्कार, उत्कृष्ट विद्यार्थी ललितकला प्रादेशिक पुरस्कारलगायत विभिन्न विधामध्येबाट एक जनालाई रू ५० हजार पुरस्कार प्रदान गरिनेछ ।

चित्रकला विधामा परम्परागत र समसामयिक चित्रकला, परम्परागत लोक मूर्तिकला, आधुनिक मूर्तिकला, शिल्पकला, हस्तकला, लोक कला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाका विधामध्येका विजेतालाई ३० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रादेशिक प्रदर्शनीबाट छानिएका कलाकृतिलाई आगामी २०८१ जेठ १५ गते राष्ट्रिय ललितकला प्रतिष्ठानमा सहभागी गराई सातै प्रदेशबाट कलाकृतिबीच प्रतिस्पर्धाका आधारमा सर्वोत्कृष्टलाई रू एक लाख नगद र विधागत उत्कृष्टलाई रू ६० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ५ : ११ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः