बैतेश्वरमा दोश्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु « Khabarhub

बैतेश्वरमा दोश्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाको आयोजनामा दोस्रो अध्यक्ष कप दोलखा जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

गाउँपालिकाको वडा नम्बर-३ मिर्गे खेलमैदान प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सदस्य कुन्दनराज काफ्ले र वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले संयुक्तरूपमा उद्घाटन गरे ।

खेलको उद्घाटन गर्दै बागमती प्रदेश सदस्य काफ्लेले वैतेश्वर गाउँपालिका स्थानीय विकास निर्माण संगै खेल खेलकुद क्षेत्रलाई पनि अब्बल रूपमा विकास गर्न लगानी गरिरहेको बताए । नेता काफ्लेले वैतेश्वरको मिर्गेमा जारी भलिबल प्रतियोगितामा अनुसाशित बनेर खेल खेल्न सहभागी सबै खेलाडीलाई अनुरोध गरे।  

दोश्रो अध्यक्ष कपको भलिबल प्रतियोगिता बैतेश्वर गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष भाइराम बुढाथोकीको सभापतित्वमा सुरु भएको हो । 

प्रतियोगितामा बैतेश्वर गाउँपालिकाको अध्यक्ष छवि लामा, उपाध्यक्ष कल्पना उप्रेती,वैतेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवाली,वडा अध्यक्षहरु भिम बहादुर तामाङ,श्याम कुमार घिसिङ, कमल अधिकारी, कुमार चौलागाईं,शान्तबहादुर जिरेल,प्रशासन प्रमुख रबिन्द्र चौलागाईं,पालिका प्रमुख इन्जिनियर युधिष्ठर केसी, सुचना अधिकारी रोशन कुमार गिरीले लगायतको उपस्थितिमा खेलको उद्घाटन गरिएको थियो। 

उद्घाटन कार्यक्रममा वडानम्बर-३ मिर्गेले स्थानीय पञ्चे बाजा प्रदर्शनी गरेको थियो भने वडा नम्बर-८ क्षत्रपाले स्थानीय झार्की प्रदर्शनी र खैजडी भजन प्रदर्शनी,स्काउटका टोलीले मार्च पासका साथ उद्घाटन गरिएको छ । 

 प्रतियोगितामा आयोजक पालिकाको ए र बि टिम सहित प्रतियोगितामा जिरी नगरपालिका,तामाकोसी गाउँपालिका,मेलुङ गाउँपालिका, गौरीशंकर ,कालिन्चोकको टिम सिंगटि र विगु सहभागी रहेका छन्। 

 उद्घाटन खेल जिरी नगरपालिका र तामाकोसी गाउँपालिका बिच भएको थियो । पहिलोलिग चरणको आजको खेलमा जिरी नगरपालिकाले जितहात पारेको छ्।त्यस्तै लिग चरणकै दोस्रो खेल कालिञ्चोक सिँगटि र मेलुङ विचको खेल जारी रहेको छ ।

वैतेश्वर गाउँपालिका मुख्य आयोजक रहेको  दोश्रो अध्यक्षकप खुल्ला पुरुष भलिबल प्रतियोगिता २८ गतेसम्म ३ दिन संचालन हुनेछ । खेलमा प्रथम हुने खेलाडीले रु १ लाख ४० हजार ट्रफि मेडल र प्रमाणपत्र, दितिय हुने खेलाडीले १ लाख ट्रफि मेडल र प्रमाणपत्र, तृतिय हुने खेलाडीले रु ६७ हजार ट्रफि मेडल र प्रमाणपत्र र सान्त्वना हुने खेलाडीले रु २७ हजार ट्रफि मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ५ : ३९ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित