विश्वासको मत लिन प्रचण्डले आइतबार ओलीसँग छलफल गर्ने « Khabarhub

विश्वासको मत लिन प्रचण्डले आइतबार ओलीसँग छलफल गर्ने


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि बिहान नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् । 

संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा प्रचण्डले ३० गते विश्वासको मत लिने सन्दर्भमा आइतबार बिहान ओलीसँग छलफल गरेर निर्णय लिने बताएका हुन् ।

प्रचण्डको पक्षमा हालसम्म एमालेको ७७ माओवादीको ३२, रास्वपाको २१ जसपाको १२, र नेकपा एकीकृत समाजवादीको १० मत गरि जम्मा १ सय ५२ मत छ ।

विपक्षमा १ सय १७ मत देखिन्छ । जसमा नेपाली कांग्रेस ८८, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, लोसपा ४, नाउपा ३, जनमत ६ र अन्य साना दलको २ मत छ । यस्तै पाँच जना स्वतन्त्र उम्मेदवारले पनि कसलाई साथ दिन्छन, त्यसको स्पष्ट चित्र आएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत प्राप्त गर्दा ०७९ चैत ६ गते पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको थियो । यस्तै दिन्नँ भन्नेमा एक मत खसेको थियो ।

प्रचण्डले पहिलो पटक ०७९ पुस २६ मा भने कांग्रेस र एमालेसहित २६८ मत पाएका थिए । त्यो बेला दुईजनाले मात्र विपक्षमा मत हालेका थिए ।

यसो हुँदा पाँच दलीय गठबन्धनले मात्र प्रचण्डलाई विश्वासको मत दिए उनले लिएको तेस्रो पटकको विश्वासको मतमा आएको परिणाम सबैभन्दा कम हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ६ : ४३ बजे

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको