दोहामा नेपाल दिवस समारोह « Khabarhub

दोहामा नेपाल दिवस समारोह


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कतारको दोहास्थित नेपाली राजदूतावासले यही मार्च ८ तारिखका दिन नेपाल दिवस (नेपाल डे) समारोह सम्पन्न गरेको छ । हरित मरुभूमि र सुन्दर वातावरणको लक्ष्य राखी वागवानी उत्पादनको लागि विश्वमै पहिलोपल्ट कतार सरकारले सुरु गरेको दोहा एक्स्पो २०२३ को समापन हुने समयमा नेपाल दिवस सम्पन्न गरिएको हो ।

करिब पाँच सय अतिथिको उपस्थितिमा सम्पन्न एक्स्पोमा कतारस्थित विभिन्न देशका राजदूत तथा एक्स्पोमा पेभिलियन सञ्चालन गर्ने अधिकांश मुलुकका कमिश्नर जनरलहरूको विशिष्ट सहभागिता थियो । समारोह उद्घाटन गर्दै दोहा एक्स्पोका डेपुटी सेक्रेटरी जनरल मोहमद अल सादले अत्यन्त सुन्दर र प्राकृतिक रूपले धनी मुलुक नेपालले कतार सरकारले आयोजना गरेको एक्स्पोमा सक्रिय सहभागिता जनाएकोमा प्रशंसा गरे ।

कतारका लागि नेपाली राजदूत डा नरेशविक्रम ढकालले नेपालको भौगोलिकता, प्राकृतिक सम्पदा र लगानीको अवस्था जानकारी गराउँदै उक्त अवसरका लागि यो समारोह महत्वपूर्ण हुने बताए । नेपाली सांस्कृतिक कार्यक्रम, नृत्य, झाँकीहरू प्रस्तुत गर्दै परेड गरिएको छ ।

सो समारोहबाट विश्वकै धनी मुलुक र रोजगारीलगायतको सम्भावनाको खानी रहेको कतारमा नेपाल र नेपाली चिनाउन र नेपालको विकासमा कतार सरकारलाई साझेदार गराउन अहम् भूमिका निर्वाह गरेको कार्यक्रमका संयोजक एवं नेपाली पेभिलियनका कमिश्नर जनरल कृष्ण कुमार सुवेदीले जानकारी दिए ।

कार्यक्रमबाट कतारलगायत मध्यपूर्वका मुलुकबाट नेपालमा लगानीको सम्भावना बढ्ने अपेक्षा गरिएको नेपाली व्यवसायी सङ्घ कतारका अध्यक्ष महेन्द्र चम्लगाईंले बताए । गैरआवासीय नेपाली सङ्घ कतारका अध्यक्ष रमेश भट्टले कतारमा रहेको नेपाली समुदायको विशिष्ट उपस्थिति र सांस्कृतिक कार्यक्रमले नेपालीको पहिचान बढाउने काम गरेको बताए ।

गत अक्टोबर २ मा कतारका अमिरले विशेष समारोहबीच समुद्घाटन गरेको यस वागवानीसम्बन्धी दोहा एक्स्पो २०२३ मा विश्वका ८० मुलुक र एक सयभन्दा बढी व्यावसायिक संस्थाहरू सहभागी छन् । एक्स्पोमा नेपाली व्यवसायी सङ्घ कतार, गैरआवासीय नेपाली सङ्घ कतार र नेपाल निर्यात व्यवसायी महासङ्घको सहयोगमा नेपाली राजदूतावासले पनि सहभागिता जनाए ।

एक्स्पोको सञ्चालनका लागि नेपालका तर्फबाट कृष्णकुमार सुवेदी कमिश्नर जनरल, कृष्ण पन्थी डेपुटी कमिश्नर जनरलसहित महेन्द्र चम्लगाईं, रमेश भट्ट, सुनीलकुमार घिमिरे, शङ्कर न्यौपाने, भिजन घिमिरेलगायतको एक उच्चस्तरीय समिति बनाइएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ९ : ०६ बजे

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका