गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३० हजार ९६० पुग्यो « Khabarhub

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३० हजार ९६० पुग्यो


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ३० हजार ९६० पुगेको छ । त्यसैगरी ७२ हजार ५२४ जना घाइते भएको पनि हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शनिबार उल्लेख गरेको छ ।

पछिल्लो २४ घण्टामा इजरायली सेनाको आक्रमणबाट ८२ जना प्यालेस्टाइनीको हत्या भएको छ भने १२२ जना घाइते भएका छन् ।

शुक्रबार रातिदेखि गाजा पट्टीका विभिन्न क्षेत्रमा इजरायलले गरेको हवाइ हमलामा बालबालिका र महिला सहित थुप्रै प्यालेस्टाइनीहरू मारिएका र केही घाइते भएको प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ।

दक्षिणी गाजा पट्टीका खान युनिस र रफाह शहरहरूका थुप्रै घरहरूलाई निशाना बनाएर गरिएको तीव्र हवाइ आक्रमणमा कम्तीमा २३ व्यक्तिको मृत्यु भएको प्रतिवेदनले जनाएको छ।

गाजापट्टीमा हमास विरुद्ध इजरायलले गरेको निरन्तर आक्रमणबाट व्यापक जनधनको क्षति भइरहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  १० : ४८ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट