आईपिएलमा कोलकाताको पहिलो हार : चेन्नई सात विकेटले विजयी « Khabarhub

आईपिएलमा कोलकाताको पहिलो हार : चेन्नई सात विकेटले विजयी


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) मा कोलकाता नाइट राइडर्सले पहिरो हार खाएको छ । सोमबार राति भएको खेलमा चेन्नाई सुपर किंग्ससँग कोलकाता ७ विकेटले पराजित भएको हो । लगातार तीन खेल शानदार ढंगले जितेको कोलकाता साविक विजेता चेन्नईसँग स्तब्ध भएको हो ।

टस जितेर सुरुमा फिल्ड रोजेको चेन्नाईले कोलकातालाई १३७ रनमा समेटेको थियो । पूरै २० ओभर खेलेको कोलकाताले ९ विकेटको क्षतिमा १३७८ रन मात्र बनाएपछि चेन्नईले सहज जित दर्ता गरेको हो ।

सुरुमा ब्याटिङ गरेको कोलकाताका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक ३४ रन बनाए । अघिल्लो खेलमा शानदार प्रदर्शन गरेका सुनिल नारायण २७ रनमा समेटिए भने अङ्कृष्ण रघुवंशीले २४ रन जोडे । रमनदीप सिंह १३, आन्द्रे रसेल १० रनमा समेटिँदा रिंकु सिंहले ९ रन मात्र जोडे ।

कोलकातालाई सस्तैमा समेट्न चेन्नईका रविन्द्र जडेजा र तुषार देशपाण्डेले ३–३ विकेट लिए । मुस्ताफिर रहमानले २ विकेट लिँदा महेश थेक्षानाले १ विकेट हात पारे ।

१३८ रनको लक्ष्य पछ्याएको चेन्नईको जितका लागि कप्तान रुतुराज गायकवाडले ५८ बलको सामना गर्दै ९ चौकाको मद्दतमा नटआउट सर्वाधिक ६७ रन बनाए । उनको शानदार अर्धशतकमा चेन्नईले कोलकातामाथि १४ बल बाँकी हुँदै ३ विकेटको क्षतिमा १४१ रन बनाएर शानदार जित निकालेको हो ।

चेन्नईका लागि शिवम दुबेले २८ रन बनाउँदा डेरिल मिचेलले २५ रन जोडे । रचिन रविन्द्रले १५ रन जोड्दा महेन्द्रसिंह ध्वनीले नटआउट ३ बल खेलेर १ रनमा रोकिए ।

कोलकाताका लागि वैभव अरोराले २ र सुनिल नारायणले १ विकेट लिए ।

यो जितसँगै चेन्नई पाँच खेलमा तीन जितसहित ६ अंकका साथ तालिकाको चौथो स्थानमा छ । पहिलो हार खाएको कोलकाता चार खेलमा तीन जित निकाल्दै तालिकाको दोस्रो स्थानमा छ ।

आईपिएल अन्तर्गत मंगलबार साँझ पञ्जाब किंग्स र सनराइजर्स हैदरावादको प्रतिस्पर्धा हुनेछ । यो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ६ : १८ बजे

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको