बढ्दै पाठेघरको समस्या: वर्षमा एक पटक जाँच गर्न डाक्टरको सुझाव | Khabarhub Khabarhub

बढ्दै पाठेघरको समस्या: वर्षमा एक पटक जाँच गर्न डाक्टरको सुझाव


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

पाठेघर शब्द सुन्नासाथ आमा मान्छेले बच्चा जन्मनुअघि नौ महिनासम्म बस्ने ठाउँ मात्र भनेर सम्झन्छन्। मानिसको प्राकृतिक जन्मको लागि महत्त्वपूर्ण ठाउँ पाठेघर एउटी महिलाको शारीरिक स्वास्थ्यका लागि त्यत्तिकै संवेदनशील हुन्छ। महिलाको जीवनमा पाठेघरको विशेष महत्त्व हुन्छ। प्रायः महिलामा पछिल्लो समय पाठेघरसम्बन्धी समस्या बढ्दै गएको देखिन्छ। त्यसमा पनि पाठेघरको क्यान्सर धेरैलाई हुने गम्भीर रोग हो। यसबाट बच्न २० वर्षपछि महिलाले सके वर्षमा एकपटक नसके तीन वर्षमा एक पटक पाठेघर जाँच गर्नु उचित हुन्छ। यो जाँचले पाठेघरको क्यान्सर हुँदैछ कि छैन भन्ने थाहा पाउन सकिन्छ। महिलाले पाठेघर जाँच आफ्नो जीवनभर गरेमा नै क्यान्सरबाट बच्न सकिने चिकित्सक बताउँछन्। पाठेघरमा कस्ता समस्या बढी देखिन्छन् ? पाठेघरमा समस्या भएको कसरी थाहा पाउने ? लक्षण कस्ता देखिन्छन् ? यसको उपचार विधि के छ ? भन्ने विषयमा विराट मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डा. मोना प्रियदर्शिनीसँग गरिएको कुराकानी :

पछिल्लो समय पाठेघरसँग सम्बन्धी विभिन्न रोगसँग महिला जुधिरहेका छन्, कस्ता समस्या बढी देखिन्छन् ?
महिलाको उमेरअनुसार पाठेघरमा देखिने समस्या फरक–फरक हुन्छन्। पाठेघरमा खासगरी मासु पलाउने, पाठेघरको मुखको क्यान्सर, डिम्वाशयमा ट्युमर, डिम्वाशयमा सिस्ट (डल्लो) पलाउने, सेतो गन्धसहितको पानी बग्ने, पाठेघरको संक्रमण जस्ता समस्या देखिन्छन्।

पाठेघरमा समस्या भएको कसरी थाहा पाउने ? लक्षण कस्ता देखिन्छन् ?
पाठेघरमा विशेष गरेर  दुई वटा भाग हुन्छन्। एउटा मुख र अर्को मुख्य पाठेघर। पाठेघरको मुखमा समस्या छ भने सेतो गन्धसहितको पानी बग्ने, रगत मिसिएको पानी जाने जस्ता समस्या हुन्छन् भने मुख्य पाठेघरमा समस्या हुँदा महिनावारीमा अनियमितता हुन्छ। महिनावारी भएको लामो समयसम्म रगत जाने, पेटमा गाँठो जस्तो देखिने पाठेघर सुन्निने अत्यधिक पेट दुख्ने जस्ता लक्षण देखिन्छन्।

पाठेघरमा विशेष गरेर  दुई वटा भाग हुन्छन्। एउटा मुख र अर्को मुख्य पाठेघर। पाठेघरको मुखमा समस्या छ भने सेतो गन्धसहितको पानी बग्ने, रगत मिसिएको पानी जाने जस्ता समस्या हुन्छन् भने मुख्य पाठेघरमा समस्या हुँदा महिनावारीमा अनियमितता हुन्छ।

पाठेघरको मुखको क्यान्सर हुँदा उपचारबाट निको पार्न सकिन्छ कि पाठेघर नै फाल्नुपर्ने हुन्छ ?
पाठेघरको मुखको क्यान्सर कुन चरणमा छ त्यसमा भरपर्छ। यदि सुरुवाती अवस्थामा छ भने संक्रमण भएको भाग मात्रै फालिन्छ। तर अलि धेरै फैलिइसकेको छ भने पाठेघर र डिम्वाशय नै निकाल्नुपर्छ। यो विधि पहिलो र दोस्रो चरणमा गर्न सकिन्छ। तेस्रो चरणमा फैलिइसकेको छ भने अप्रेशन सफल हुँदैन। यसको उपचार सेकाइमार्फत गर्नुपर्छ। जसलाई रेडिएसन थेरापी भनिन्छ।

पाठेघर फाल्दा प्रजननसँगै अन्य स्वास्थ्यमा पनि असर हुने हो ?
महिलाको जीवनमा पाठेघरको ठुलो महत्त्व छ। शरीरका अन्य अंग जस्तै पाठेघर पनि अभिन्न अंग हो। पाठेघरको काम खाली बच्चा जन्माउनु मात्रै होइन। पाठेघर भित्र हुने डिम्वाशयले हर्मोन उत्पादन गर्छ। जसले हाडजोर्नीदेखि मुटुसम्बन्धी समस्याबाट जोगाउन सहयोग पुर्याउँछ। कम उमेरमा यदि पाठेघर निकाल्यो भने शारीरिक र मानसिकसँगै यौनिक क्रियाकलापमा पनि प्रभाव पार्छ। त्यसैले पाठेघर जोगाउनु आवश्यक छ।

पाठेघरको समस्या कुन उमेरका महिलामा बढी देखिने गरेको छ ?
डिम्वाशयमा गाँठो परेको, पाठेघरको इन्फेक्शन जस्ता समस्या बच्चा पाउने उमेरमा अलि बढी देखिन्छन्। त्यस्तै नेपालमा पाठेघरको मुखको क्यान्सर एकदमै धेरै देखिएको छ। यो महिनावारी रोकिएका महिलामा बढी देखिएको छ। अन्य समस्या बच्चा जन्माइसकेका सबै उमेरका महिलामा देखिने गरेको छ।

पाठेघरको काम खाली बच्चा जन्माउनु मात्रै होइन। पाठेघर भित्र हुने डिम्वाशयले हर्मोन उत्पादन गर्छ। जसले हाडजोर्नीदेखि मुटुसम्बन्धी समस्याबाट जोगाउन सहयोग पुर्याउँछ।

पाठेघरको मुखको क्यान्सरबाट बच्न एचपिभी खोप कत्तिको प्रभावकारी छ ?
यो खोप एकदमै प्रभावकारी छ। यो खोप ९ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई नछुटाई लगाउनुपर्छ। जसले एचपिभी भाइरसबाट जोगाउँछ। साथै २१ वर्ष उमेर पुगिसकेपछि प्रत्येक ३–३ वर्षमा स्क्रिनिङ पनि गराउनु राम्रो हुन्छ।

यो खोप पुरुषलाई पनि आवश्यक हो ?
यो खोप बालकलाई पनि आवश्यक छ। किनकी एचपिभी भाइरसले पाठेघरको क्यान्सर मात्रै नभएर मुटु, फोक्सो, नाक, कान घाँटीको क्यान्सर गराउने जोखिम हुन्छ। त्यसैले यो खोप ९ देखी १४ वर्ष उमेरका बालबालिकालाई लगाउनु राम्रो हुन्छ।

वर्षमा एक पटक पाठेघरको परीक्षण गराउनुपर्छ। महिनावारीको समयमा प्याड लामो समयसम्म प्रयोग गर्नु हुँदैन। भित्र लगाएको कट्टु दैनिक परिवर्तन गर्नुपर्छ। यौनी बाहिरको भाग सफा र सुख्खा राख्ने गर्नुपर्छ।

पाठेघरका सम्बन्धमा महिलालाई के सुझाव दिनुहुन्छ ?
वर्षमा एक पटक पाठेघरको परीक्षण गराउनुपर्छ। महिनावारीको समयमा प्याड लामो समयसम्म प्रयोग गर्नु हुँदैन। भित्र लगाएको कट्टु दैनिक परिवर्तन गर्नुपर्छ। यौनी बाहिरको भाग सफा र सुख्खा राख्ने गर्नुपर्छ। धेरै बच्चा जन्माउनु हुँदैन। एउटादेखि अर्को बच्चा जन्माउने भए कम्तिमा तीन वर्षको जन्मान्तर राख्नुपर्छ। खानपान र नियमित व्यायामले पाठेघरलाई स्वस्थ बनाउन मद्दत गर्छ। एकभन्दा धेरै व्यक्तिसँग शारीरिक सम्पर्क राख्नु हुँदैन।

उमेर नपुगी यौन सम्बन्ध राख्नु अझ बढी जोखिम हुन्छ। पाठेघरको समस्या छ भने अप्ठेरो नमानी तुरुन्तै जाँच गर्न अस्पताल जानुपर्छ। केही शंका लागेमा चिकित्सकसँग सल्लाह लिनुपर्छ। आफ्नो स्वास्थ्य समस्यालाई कहिल्यै पनि लम्ब्याएर राख्नु हुँदैन। समयमै उपचार गर्दा क्यान्सरलगायत जटिल रोग पनि निको पार्न सकिन्छ। क्यान्सर भइहाले पनि अब मलाई निको हुँदैन भन्ने सोच्नुभन्दा समयमै उपचारतर्फ लाग्नुपर्छ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ७ : १९ बजे

काठमाडौँमा हावाहुरीसहितको वर्षा

काठमाडौं– काठमाडौँमा हावाहुरीसहितको वर्षा भएको छ । आज बिहानैबाट काठमाडौँका

आईपिएलका रोचक ‘कम ब्याक’: चर्चामा कोहली

रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी)को शानदार ‘कम ब्याक’ यस आईपिएलको मुख्य

भारतसँग जोडिएका पर्साका सीमानाका तीन दिन बन्द हुने

पर्सा– भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका वीरगञ्जसहित

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको