कर्णालीको मुख्यमन्त्रीमा एमालेका कँडेलले दाबी पेस गर्दै « Khabarhub

कर्णालीको मुख्यमन्त्रीमा एमालेका कँडेलले दाबी पेस गर्दै


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशको मुख्यमन्त्रीमा आज नेकपा एमालेका यामलाल कँडेलले प्रदेश प्रमुख समक्ष दाबी पेस गर्ने भएका छन् । कर्णाली सरकारको मुख्यमन्त्रीको लागि दाबी पेस गर्ने आज अन्तिम दिन हो ।

नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आजसम्मको समय दिएका थिए ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आज साँझ ५ः५० बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।

केन्द्रमा सत्ता गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि मुख्यमन्त्री शर्माले प्रदेश सभा बैठकलाई सम्बोधन राजीनामा दिएका थिए ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नयाँ सरकार गठनका लागि २१ जना सदस्यको समर्थन आवश्यक पर्दछ । जसका लागि नेकपा माओवादी केन्द्रका १३, एमालेका १० र एकीकृत समाजवादीको १ सहित २४ सिटको स्पष्ट बहुमत रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ९ : ५० बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर