प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोध | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोध


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर संसद्‌मा अवरोध गरेका थिए । 

सभामुखको अनुमतिले कांग्रेसकी सांसद सुशीला थिङले सहकारी ठगी प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही किन हुँदैन भन्दै प्रश्न गरेकी छन् । उनले लामिछानेको ठाउमा अरु भएको भए के हुन्थ्यो भन्दै प्रश्न समेत गरेकी छन् ।

सहकारीको रकम अवैध रुपमा गोर्खा मिडियामा ल्याइएको विषयमा अध्यक्ष र प्रबन्ध निर्देशक कारवाहीको दायरामा आउनुपर्ने माग गरिन ।

सांसद थिङले सहकारी प्रकरण बारे कांग्रेस संसदीय दलको बैठकले गरेका निर्णय समेत संसद्‌मा सुनाइएकी थिइन् । सभामुखले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएपछि कांग्रेसका सांसदले उठेर विरोध गर्दै अवरोध गरेका छन् ।           

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १ : ०७ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले