प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोध « Khabarhub

प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोध


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर संसद्‌मा अवरोध गरेका थिए । 

सभामुखको अनुमतिले कांग्रेसकी सांसद सुशीला थिङले सहकारी ठगी प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही किन हुँदैन भन्दै प्रश्न गरेकी छन् । उनले लामिछानेको ठाउमा अरु भएको भए के हुन्थ्यो भन्दै प्रश्न समेत गरेकी छन् ।

सहकारीको रकम अवैध रुपमा गोर्खा मिडियामा ल्याइएको विषयमा अध्यक्ष र प्रबन्ध निर्देशक कारवाहीको दायरामा आउनुपर्ने माग गरिन ।

सांसद थिङले सहकारी प्रकरण बारे कांग्रेस संसदीय दलको बैठकले गरेका निर्णय समेत संसद्‌मा सुनाइएकी थिइन् । सभामुखले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएपछि कांग्रेसका सांसदले उठेर विरोध गर्दै अवरोध गरेका छन् ।           

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १ : ०७ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार