प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित  | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित 


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेपछि बैठक स्थगित गरिएको हो। प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर संसद्‌मा अवरोध गरेका थिए । 

सभामुखको अनुमतिले कांग्रेसकी सांसद सुशीला थिङले सहकारी ठगी प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही किन हुँदैन भन्दै प्रश्न गरेकी छन् । उनले लामिछानेको ठाउमा अरु भएको भए के हुन्थ्यो भन्दै प्रश्न समेत गरेकी छन् ।

सहकारीको रकम अवैध रुपमा गोर्खा मिडियामा ल्याइएको विषयमा अध्यक्ष र प्रबन्ध निर्देशक कारवाहीको दायरामा आउनुपर्ने माग गरिन ।

सांसद थिङले सहकारी प्रकरण बारे कांग्रेस संसदीय दलको बैठकले गरेका निर्णय समेत संसद्‌मा सुनाइएकी थिइन् । सभामुखले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएपछि कांग्रेसका सांसदले उठेर विरोध गर्दै अवरोध गरेका छन् ।           

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १ : १६ बजे

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी

करेन्ट लागेर एक जनाको मृत्यु

भीमफेदी – मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

सप्तरी गोलीकाण्ड : चारबुँदे मागसहित सङ्घर्ष समितिले बुझायो ज्ञापनपत्र

सप्तरी – सप्तरीको राजगढमा प्रहरीको गोली लागेर स्थानीय लालु यादवको