गृहमन्त्रीज्यू हामीमाथि लाठिचार्ज गर्ने होइन, भ्रष्ट्राचारीलाई समाऊ : ज्ञानेन्द्र शाही | Khabarhub Khabarhub

गृहमन्त्रीज्यू हामीमाथि लाठिचार्ज गर्ने होइन, भ्रष्ट्राचारीलाई समाऊ : ज्ञानेन्द्र शाही


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता तथा सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री लामिछानेलाई आरुहरूमाथि लाठी चार्ज गरेको आरोप लगाएका छन् । सांसद शाहीले अहिले भद्रकाली अगाडी सिंहदरबार सडकमा बसेर नाराबाजी गरिरहेका छन् । 

उनले आरुहरूमाथि लाठीचार्ज गर्नु भन्दा भ्रष्ट्राचार गर्ने नेताहरूलाई पक्राउ गर्न आग्रह गरेका छन् । उनले सांसद कोइरी संसद्‌मै रहेको, निर्मलाका दोषी पक्राउ नपरेको, शालिकराम पुडासैनीले न्याय पाउनुपर्ने  बताए । 

यस अघि भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको थियो ।

प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  २ : २७ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी