विभिन्न स्थानमा डुबेर चार जनाको मृत्यु « Khabarhub

विभिन्न स्थानमा डुबेर चार जनाको मृत्यु


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राेटहट, कपिलवस्तु, रसुवा र नवलपरासी पूर्वमा डुबेर चार जनाकाे मृत्यु भएको छ ।

रौतहटकाे वृन्दावन नगरपालिका-१ रमौली बैरिया बस्ने हुलाश बैठाको छोरी १३ वर्षीया निरन्जना कुमारी बैठाको सोही ठाउँस्थित सामुदायिक पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।

त्यसैगरी, कपिलवस्तुकाे वाणगंगा नगरपालिका-१० बनगवा वस्ने राजाराम थारुको छोरा २ वर्षीय बिवान्स थारुको पानी जम्मा भएको खाल्डोमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ।

छिमेकीको घरको आँगनमा खेल्ने क्रममा उक्त खाल्डोमा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

रसुवाकाे नौकुण्ड गाउँपालिका-६ कपथली बस्ने १९ वर्षीय बिजय तितुङको सोही ठाउँस्थित फलाखु खोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।

त्यस्तै, नवलपरासी पूर्वकाे गैंडाकोट नगरपालिका-१२ मालपुर बस्ने ५९ वर्षीय सिताराम महतोको सोही ठाउँस्थित कुलोको पानीमा डुबेर मंगलबार बिहान मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  २ : ३८ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ