कोशी प्रदेश प्रमुखसमक्ष मधेसी आयोगको प्रतिवेदन पेस | Khabarhub Khabarhub

कोशी प्रदेश प्रमुखसमक्ष मधेसी आयोगको प्रतिवेदन पेस


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

मोरङ– मधेसी आयोगले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन पेस गरेको छ । 

नेपालको संविधानको धारा २९४ एवं मधेसी आयोग ऐन, २०७४ को दफा २२ बमोजिम आयोगकी सदस्य रेनुदेवी साहले आयोगको पाँचौँ वार्षिक प्रतिवेदन आज पेस गरिन्।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले आयोगले पहिचान गरेका समस्या सबैको भएकाले भएकाले यसको समाधान गर्नु हामी सबैको जिम्मेवारी रहेको बताए ।

प्रमुख खापुङले हरेक समुदायको समस्या समाधान गरी मुलुकलाई एकताबद्ध बनाउनु लाग्नुपर्नेमा जोड दिए। उनले नेपालको संविधानको आधार समानुपातिक, समावेशी र समानता भएकाले त्यसभित्र रहेर देशका सम्पूर्ण जातजातिबीच एकतालाई बलियो बनाउनु आवश्यकता औँल्याए ।

प्रतिवेदन पेस गर्दै आयोगकी सदस्य साहले १६ जिल्लाका मधेसीको हकहित, धर्म, संस्कृति र न्यायको लागि आयोगले काम गरिरहेको बताउँदै आयोगमा परेका चार सय उजुरीमध्ये दाइजोसम्बन्धी धेरै रहेको जानकारी दिए।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ४ : ०८ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी