‘लन्डन टु पेरिस’को ‘खुल्ला आकाश’ गीत सार्वजनिक « Khabarhub

‘लन्डन टु पेरिस’को ‘खुल्ला आकाश’ गीत सार्वजनिक


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घनश्याम लामिछानेद्वारा निर्देशित सिनेमा ‘लन्डन टु पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ सार्वजनिक गरिएको छ । कमलपोखरीमा मंगलबार एक कार्यक्रमका बीच सिनेमाको गीत रिलिज गरिएको हो ।

गीतमा संगीतकार हर्कुलस बस्नेतको शब्द, संगीत र स्वर रहेको छ । गीतको भिडियोमा डेव्यू अभिनेता निश्चल खड्कासँग अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह रोमान्टिक अवतारमा प्रस्तुत भएकी छन् । यो गीतको छायांकन लन्डनमा खिचिएको  निर्माण पक्षले जनाएको छ ।

फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी, निश्चल खड्का, कविर खड्का र गरिमा शर्मामा अलवा रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही फिल्मट डेब्यू गरेका हुन् ।

यस फिल्ममा कथा, पटकथा र संवाद लेखनको काम प्रदीप भारद्धाजले गरेका हुन् । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । सिनेमा जेष्ठ २५ गतेबाट रिलिज हुँदै छ ।

हेर्नुहोस् भिडियो : 

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ४ : ५८ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो