केजरीवाललाई उच्च अदालतले दिएन राहत « Khabarhub

केजरीवाललाई उच्च अदालतले दिएन राहत


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्ली उच्च अदालतले राहत दिन अस्वीकार गरेको छ । 

मुख्यमन्त्री केजरीवालले दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै दायर गरेको याचिकामा फैसला दिँदै उच्च अदालतकी न्यायाधीश स्वर्णकान्त शर्माको एकल इजलासले कुनै किसिमको राहत दिन अस्वीकार गरेको हो ।

अदालतले गिरफ्तारी कानुनी रुपमा सहित भएको ठहर गर्दै केजरीवालले दाबी गरे जस्तो गिरफ्तारी गैरकानुनी नभएको आफ्नो आदेशमा बताएको छ । अदालतले यो याचिका जमानतको लागि नभएर गिरफ्तारी कानुनी हो या होइन भन्ने रहेको स्पष्ट गरेको छ ।

अदालतको यो फैसलापछि केजरीवालले जमानतको लागि अर्को रिट दायर गर्न सक्ने बताइएको छ । केजरीवाललाई १५ अप्रिलसम्म हिरासतमा राख्न अदालतको अनुमति रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ४ : ४३ बजे

सिटबेल्ट नलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई कारबाही किन हुँदैन : शाही 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले ट्राफिक

यू-१९ महिला प्रिमियर कप: हङकङलाई १८१ रनले हराउँदै नेपाल समूह विजेता

काठमाडौँ – एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो

चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आन्तरिक राजस्व सङ्कलनमा उल्लेखनीय फड्को

संसद्‍मा उठ्यो त्रासदीपूर्ण पार्किङको विषय : एक लाख जरिवाना गर्न माग

काठमाडौं– सोमबार विभिन्न सञ्चारमाध्यम र सार्वजनिक स्थानमा गरिएको सरकार संरक्षित

सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल

बागलुङ– राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको बुर्तिबाङ–फल्लेघर खण्डमा २२