राष्ट्रियसभाका अध्यक्ष दाहाल र इजरायली राजदूतबीच भेट « Khabarhub

राष्ट्रियसभाका अध्यक्ष दाहाल र इजरायली राजदूतबीच भेट


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र नेपालका लागि इजरायलका राजदूत हानन  गोडेर गोल्डबर्गरबीच भेटवार्ता भएको छ ।

आज  सिंहदरबारमा अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी सहयोगका विषयमा छलफल भएको थियो ।

भेटका अवसरमा अध्यक्ष दाहालले नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पूरा भएको विषयमा छलफल गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ र घनिष्ट हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष दाहालले नेपाल अहिले आर्थिक समृद्धिको बाटोमा अघि बढेको भन्दै इजरायल सरकारको महत्वपूर्ण सहयोग आवश्यक रहेको बताए ।
अध्यक्ष दाहालले हालै बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका लागि छिटो पहल गर्न आग्रह गरे ।

अध्यक्ष दाहालले अहिले पनि इजरायलमा ४ हजार नेपाली कामदार रहेको उल्लेख गर्दै उनीहरूको सुरक्षा र रोजगारीप्रति चासो व्यक्त गरेका थिए ।

इजरायलबाट नेपाल आउने उल्लेखनीय पर्यटकको बारेमा चर्चा गर्दै राष्ट्रपति दाहालले धेरैभन्दा धेरै इजरायली नागरिकलाई नेपाल भ्रमण गरी नेपालको पर्यटन प्रवर्द्धनमा योगदान दिन आग्रह गरे ।

सो अवसरमा इजरायलका राजदूत हाननले नेपाल र इजरायलबीचको सम्बन्ध निकै घनिष्ट रहेको चर्चा गर्दै नेपाल कला, संस्कृति, परम्परा र पर्यटकीय गन्तव्यका हिसाबले निकै धनी रहेको बताए । राजदूतले नेपालमा लामो समय काम गर्ने मौका पाएको बताउँदै सगरमाथा, लुम्बिनी, चितवन, पोखरा, रारालगायत नेपालका धेरै पर्यटकीय गन्तव्यले विश्वमा नेपालको पहिचान बनाएको बताए ।

राजदूत गोडरले धेरै नेपालीले इजरायलबाट सीप सिकेर नेपालमा राम्रो काम गरेको कार्यक्रमबाट आफूले आफैँले सिक र कमाउ कार्यक्रम सुरु गरेको बताए । 

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ६ : ५१ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको