आजका समाचार : बालुवाटार बैठकदेखि राप्रपाको जनप्रदर्शनसम्म | Khabarhub Khabarhub

आजका समाचार : बालुवाटार बैठकदेखि राप्रपाको जनप्रदर्शनसम्म


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

बालुवाटारको छलफल निष्कर्षविहीन, कांग्रेसको अडान कायमै
संसद्को अवरोध खुलाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल बिना निष्कर्ष सकिएको छ । सभामुखको पहलमा भएको छलफलमा कांग्रेसले आफ्नो अडान नछोडेको बताइएको छ ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने तथा कांग्रेसका महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी रहेका थिए ।

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको विषयमा संसदीय छानबिनको माग राखेर आज संसद् बैठक अवरुद्ध गर्ने अडान जारी राखेपछि कुनै निष्कर्ष निस्किन नसकेको बताइएको छ ।

अर्को तर्फ कांग्रेसको अडानका बीच सरकारका तर्फबाट गृहमन्त्री लामिछानेले संसद्‌मा आज विधेयक पेश गर्ने तयारी गरेपछि संसद्‌मा आज झडप हुने समेत अनुमान गरिएको छ ।

नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न सहयोग गर्नुहोस् : प्रधानमन्त्री

सहकारीबाट लाखौ जनता ठगिएका छन्, पछि हट्नु हुँदैन : देउवा

संसदीय छानविन समिति गठन नभए संसद चल्न नदिने कांग्रेसको निर्णय

संसदको अवरोध खुलाउन बालुवाटारमा छलफल

प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोध
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर संसद्‌मा अवरोध गरेका थिए ।

सभामुखको अनुमतिले कांग्रेसकी सांसद सुशीला थिङले सहकारी ठगी प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही किन हुँदैन भन्दै प्रश्न गरेकी छन् । उनले लामिछानेको ठाउमा अरु भएको भए के हुन्थ्यो भन्दै प्रश्न समेत गरेकी छन् ।

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

२०४७ यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गरौँ : रास्वपा

गृहमन्त्रीले छानविनको लागि मार्गप्रसस्त गर्नुपर्छ : शशांक कोइराला 

प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १४ जना घाइते
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा प्रहरीसँगको झडपमा परी राप्रपाका १४ जना घाइते भएका छन् ।

४० बुँदे माग राखेर प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप हुँदा राप्रपाका १४ जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो ।

निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो। यस्तै प्रहरीले प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज समेत गरेको थियो ।

राप्रपाको जनप्रदर्शनले काठमाडौंको यातायात अस्तव्यस्त

गृहमन्त्रीले राजीनामा दिनुपर्छ : अध्यक्ष लिङदेन

राप्रपाको प्रदर्शनमा प्रहरीले गर्‍यो अश्रु ग्यास प्रहार

गृहमन्त्रीज्यू हामीमाथि लाठिचार्ज गर्ने होइन, भ्रष्ट्राचारीलाई समाऊ : ज्ञानेन्द्र शाही

राप्रपाको प्रदर्शनले भद्रकाली क्षेत्र तनावग्रस्त

काठमाडौंमा राप्रपाको प्रदर्शन, सुरक्षा व्यवस्था कडा

राजेन्द्रले भने-गृहमन्त्रीजी भ्रममा नपर्नुस्, राजनीतिमा तपाईँभन्दा धेरै अगाडिदेखि हामी छौं

कर्णालीको मुख्यमन्त्रीमा एमालेका यामलाल कँडेल नियुक्त
कर्णाली प्रदेशमा एमालेका यामलाल कँडेलले मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

उनले मंगलबार प्रदेश प्रमुख तिलक परियार समक्ष दाबी पेस गरेका थिए । कँडेललाई एमाले–माओवादी र नेकपा एकीकृत समाजवादीका २३ साथ छ ।


कर्णाली प्रदेश सरकार गठनका लागि २१ जना सांसदको आवश्यक पर्छ ।

केन्द्रमा सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार कर्णाली प्रदेश एमालेको भागमा परेको थियो ।

गण्डकीमा मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै कांग्रेस सर्वोच्चमा

कोशी प्रदेश प्रमुखसमक्ष मधेसी आयोगको प्रतिवेदन पेस

गण्डकी प्रदेश सरकार चार वर्षसम्म टिक्छ : मुख्यमन्त्री अधिकारी

राष्ट्रियसभा उपाध्यक्षमा विमला र बिष्णुदेवीको उम्मेदवारी दर्ता
राष्ट्रियसभा उपाध्यक्षमा नेपाली काङ्ग्रेसकी विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गरेकी छन् ।

आजै बसेको काँग्रेस संसदीय दल कार्यसमितिले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।


सत्ता गठबन्धनबाट एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गरेकी छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, नेकपा एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३, मनोनित २, लोसपा र जनमोर्चाका एक एक सांसद छन् ।

राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० मत आवश्यक पर्छ ।

राष्ट्रियसभाका अध्यक्ष दाहाल र इजरायली राजदूतबीच भेट

सुहाङ नेम्वाङलाइ नेपाल परिवार दलको समर्थन

उपनिर्वाचनका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

उपनिर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुँदै

सशस्त्रको गोदाम आगलागी प्रकरणमा गृहले बनायो छानबिन समिति

केजरीवाललाई उच्च अदालतले दिएन राहत
नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्ली उच्च अदालतले राहत दिन अस्वीकार गरेको छ ।

मुख्यमन्त्री केजरीवालले दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै दायर गरेको याचिकामा फैसला दिँदै उच्च अदालतकी न्यायाधीश स्वर्णकान्त शर्माको एकल इजलासले कुनै किसिमको राहत दिन अस्वीकार गरेको हो ।


अदालतले गिरफ्तारी कानुनी रुपमा सहित भएको ठहर गर्दै केजरीवालले दाबी गरे जस्तो गिरफ्तारी गैरकानुनी नभएको आफ्नो आदेशमा बताएको छ । अदालतले यो याचिका जमानतको लागि नभएर गिरफ्तारी कानुनी हो या होइन भन्ने रहेको स्पष्ट गरेको छ ।

अदालतको यो फैसलापछि केजरीवालले जमानतको लागि अर्को रिट दायर गर्न सक्ने बताइएको छ । केजरीवाललाई १५ अप्रिलसम्म हिरासतमा राख्न अदालतको अनुमति रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ७ : ५९ बजे

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन

दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित

दार्चुला – दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित भएका छन् ।