नेपाली सेनाको गोरखा-जितगढी पदयात्रा शुरु « Khabarhub

नेपाली सेनाको गोरखा-जितगढी पदयात्रा शुरु


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ऐतिहासिक सम्पदाहरू तथा घटनाक्रमको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाली सेनाले दोस्रो गोरखा-जितगढी पदयात्रा सुरु गरेको छ ।

पश्चिम पृतनापति उपरथी सन्तोष बल्लब पौड्याल र गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना मगरले झण्डा हस्तान्तरण गरी शुभारम्भ गरेको पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबै भन्दा पहिले खडा भएका ५ स्थायी कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणीसबुज) हरु तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित पदयात्रा सुरु गरेका हुन् ।

करिव २०७ कि.मि. दूरीमा सञ्चालन हुने यात्रा गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रूपन्देहीको बुटवलस्थित जितगढीसम्म पुगेर २०८० वैशाख ०७ गते विजय उत्सव समारोहका साथ समापन  हुनेछ । 

नेपाली सेनाले पौष २० गते ऐतिहासिक जितगढी किल्ला मर्मत तथा पुनः निर्माण गरी बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो । यस्तै, नेपाली सेनाद्वारा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखा-काठमाडौँ एकीकरण मार्गमा पदयात्रा सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ७ : २८ बजे

तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा विजयी : एमालेका भानुभक्त ढकाल पराजित

काठमाडौँ – तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन्। निवर्चान

काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित

काठमाडौँ – काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार

झापा-५ बालेन्द्रले २८ हजार मत पाउँदा ओली सात हजारमा सीमित

झापा – झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ

रास्वपाको लहर : १५ क्षेत्रमा विजयी हुँदा १०६ जनाको अग्रता

काठमाडौँ – प्रतिनिििध सभा सदस्य निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी

बाँके २ मा एमालेका राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

बाँके – बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्त्यिाक