विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि हुन्छ : उपप्रधानमन्त्री महासेठ « Khabarhub

विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि हुन्छ : उपप्रधानमन्त्री महासेठ


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्ने गरी गृहकार्य भइरहेको बताएका छन्  ।

साझा यातायातले विद्युतीय सवारीसाधनका लागि सञ्चालनमा ल्याएको ‘चार्जिङ स्टेसन’को शुभारम्भ गर्दै उनले पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न विद्युतीय सवारीसाधन सञ्चालन गर्नुपर्नेमा जोड दिए।

करिब चार वर्ष अगाडि आफू मन्त्री हुँदा साझा यातायातलाई विद्युतीय बसको पूर्वाधार तथा सञ्चालनका लागि रु तीन अर्ब निकासा गरेको गर्दै मन्त्री महासेठले पछिल्लो समय कार्यसम्पादनमा ढिलासुस्ती भएको बताए।

भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले सहकारी ऐनअन्तर्गत रहेको साझा यातायातले विद्युतीय सवारीसाधन सञ्चालन गर्न लागेकामा खुसी व्यक्त गर्दै आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त गरे।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले आफ्नो क्षेत्रमा विद्युतीय बस सञ्चालनका लागि साझा यातायातसँग सहकार्यका साथै लगानी वृद्धि गर्ने जानकारी दिए। 

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङले प्राधिकरणले निर्माण गरेको करिब चार सय चार्जिङ स्टेशनबाट रु दुई करोडको विद्युत् खपत हुने गरेको जानकारी दिए।

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले संस्थाको बिजुली बस थप्ने कार्य योजना तथा प्रगतिको जानकारी दिँदै उक्त स्थलमा १.१ मेगावाट विद्युत् खपत हुने २४ चार्जिङ पोइन्ट निर्माण गरिएको बताउनुभयो । देशभर एक हजारभन्दा बढी विद्युतीय सवारी साधन सञ्चालनमा छन् । 

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ७ : ४३ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको