लखनउविरुद्ध १६ बलमा टेभिस हेडको अर्धशतक « Khabarhub

लखनउविरुद्ध १६ बलमा टेभिस हेडको अर्धशतक


२७ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादका ओपनर टेभिस हेडले मात्र १६ बलमा अर्धशतक बनाएका छन्।

लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको खेलमा ओपनर हेडले आईपिएल इतिहासकै थोरै बलमा अर्धशतक बनाएका हुन्।

राजीव गान्धी अन्तर्राष्‍ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको लखनउले दिएको १६६ रनको लक्ष्य हैदरावादले ९.४ ओभरमै १६७ रन बनाएर भेट्टाएको थियो।

४.४ ओभरमै १६ बल खेल्दै हेडले अर्धशतक पूरा गरेका थिए। हेडले ५ चौका र ५ छक्का प्रहार गर्दै ५० रन पूरा गरेका हुन्। लखनउविरुद्ध हेडले ३० बलमा ८ चौका र ८ छक्काको मद्दतमा नटआउट ८९ रन बनाए।

अर्का ओपनर अभिषेकले १९ बलमा अर्धशतक पूरा गरेका थिए। ६.३ ओभर खेल्दै अभिषेकले ६ चौका र ४ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए। उनले २८ बल खेल्दै ८ चौका र ६ छक्काको मद्दतमा नटआउट ७५ रन बनाए।

सबैभन्दा ठूलो साझेदारी, बिना विकेटको जित र ओपनरको ऐतिहासिक साझेदारीको रेकर्ड हैदरावादले बनाएको छ। टी–२० क्रिकेटमा १० ओभरमै १६६ रनको चुनौती पूरा गरेको रेकर्डसमेत हैदरावादले बनाएको छ।

यो पनि पढ्नुहोस्

लखनउमाथि हैदरावाद १० विकेटले विजयी : ऐतिहासिक जितमा बने धेरै रेकर्ड

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ६ : २१ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको