लखनउमाथि हैदरावाद १० विकेटले विजयी : ऐतिहासिक जितमा बने धेरै रेकर्ड « Khabarhub

लखनउमाथि हैदरावाद १० विकेटले विजयी : ऐतिहासिक जितमा बने धेरै रेकर्ड


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको छ।

राजीव गान्धी अन्तर्राष्‍ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको लखनउले दिएको १६६ रनको लक्ष्य हैदरावादले ९.४ ओभरमै भेट्टाएको हो।

हैदरावादको ऐतिहासिक जितका लागि ओपनर टेभिस हेड र अभिषेक शर्माले १६७ रनको ऐतिहासिक साझेदारी गरे। हेडले ३० बलमा ८ चौका र ८ छक्काको मद्दतमा नटआउट ८९ रन बनाए। अभिषेकले २८ बल खेल्दै ८ चौका र ६ छक्काको मद्दतमा नटआउट ७५ रन बनाए। लखनउका कुनै पनि बलरले विकेट हात पार्न सकेनन्।

बुधबार भएको खेलमा हैदरावादले लखनउविरुद्ध आईपिएल इतिहासमै धेरै रेकर्ड बनाएको छ। सबैभन्दा ठूलो साझेदारी, बिना विकेटको जित र ओपनरको ऐतिहासिक साझेदारीको रेकर्ड हैदरावादले बनाएको हो। टी-२० क्रिकेटमा १० ओभरमै १६६ रनको चुनौती पूरा गरेको रेकर्डसमेत हैदरावादले बनाएको छ।

डेभिस हेडले मात्र १६ बलमा अर्धशतक पूरा गरे भने अभिषेक शर्माले १९ बलमा अर्धशतक बनाए । उनीहरुले पावर प्लेमा सय रनको साझेदारीसमेत गरेका छन् ।

सुरुमा ब्याटिङ गरेको लखनउका लागि आयुष बदोनीले नटआउट सर्वाधिक ५५ रन बनाएका थिए।
कप्तान केएल राहुल २९ र क्रुनाल पाण्ड्या २४ रनमा आउट हुँदा निकोलस पुरन ४५ रनमा अविजित रहे।

हैदरावादका भुवनेश्वर कुमारले सर्वाधिक दुई विकेट हात पार्दा प्याट कमिन्सले एक विकेट लिए।
यो जितसँगै हैदरावादको प्लेअफ सम्भावना दलियो भएको छ। अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हैदरावादले १२ खेलमा सात जित निकाल्दै १४ अंक जोडेको छ।

हैदरावादसँग पराजित भएको लखनउ भने छैठौं स्थानमा झरेको छ। १२ खेल खेलेको लखनउले ६ खेलमा जित निकाल्दै १२ अंक जोडेको छ।

आईपिएल अन्तर्गत बिहीबार पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरुको प्रतिस्पर्धा हुँदैछ । यो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ५ : ४० बजे

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह

मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा