रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा « Khabarhub

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखलाई २-१ ग्गोल अन्तरले पराजित गर्दै समग्रमा ४-३ को नतिजासहित रियल म्याड्रिड फाइनलमा पुगेको हो । 

यस खेलमा १-० ले पछि परेको रियल म्याड्रिडले खेलको ८८औ९१औं मिनेटमा गोल गर्दै जित हासिल गरेको थियो । रियल म्याड्रिडका लागि दुवै खेल जोसेलुले गरेका थिए । त्यस्तै बायर्न म्युनिखका लागि एक गोल अलफोसनो डाभिजले गरेका थिए । 

यस अघि सम्पन्न सेमिफाइनलको पहिलो लिग २-२ गोलको बराबरीमा सकिएको थियो । योसँगै रियल म्याड्रिड १८औं पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।  रियलले अहिलेसम्म १४ पटक च्याम्पियन्स लिग जितेको छ र विश्वमा सबैभन्दा बढी पटक च्याम्पियन्स लिग जित्ने क्लब हो । 

अब रियल म्याड्रिडले फाइनलमा जर्मनी क्लब बोरुसिया डोर्टमण्डको सामना गर्ने छ ।  फाइनल खेल जुन २ मा लण्डनस्थित विम्बली स्टेडियममा हुने छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ६ : ४२ बजे

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्