कोशीमा एमाले-माओवादीले दाबी पेस गर्दै « Khabarhub

कोशीमा एमाले-माओवादीले दाबी पेस गर्दै


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ।

बुधबार राति खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार २८ गते शुक्रबार अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका हुन् ।

यसअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएकाले पदमुक्त भइसकेको दाबी गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न भन्दै बुधबार नै निवेदन दिएका थिए ।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीका अनुसार आज दिउँसो एमाले-माओवादीले नयाँ सरकारका लागि संयुक्त दाबी पेश गर्ने तयारी छ।

एमालेले आफ्ना सबै सांसदलाई बिहान ११ बजेसम्ममा संसद् सचिवालयमा भेला हुन निर्देशन दिएको छ। उता माओवादीले पनि आफ्ना सांसदहरूलाई संसद् सचिवालय आउन आग्रह गरेको जनाएको छ।

एमालेले नयाँ मुख्यमन्त्रीको रूपमा पुनः हिक्मतकुमार कार्कीलाई पठाउने निर्णय गरेको छ। उनी यसअघि दुईपटक मुख्यमन्त्री बनिसकेका छन्।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ८ : २२ बजे

सबैभन्दा बढी प्युठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भूभागनजिक

फरार प्रतिवादी २६ वर्षपछि पक्राउ

कैलाली । कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा