कोशीमा मध्यावधि चुनाव गर्न कांग्रेस नेताको माग « Khabarhub

कोशीमा मध्यावधि चुनाव गर्न कांग्रेस नेताको माग


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

मुख्यमन्त्री केदार कार्की

बिराटनगर- कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुपर्ने नेपाली कांग्रेसभित्र आवाज उठ्न थालेको छ ।

पूर्व सांसदसमेत रहेका कांग्रेस नेता सूयर्माराज राईले अब कुनै अलमल नगरी नेपाली कांग्रेस मध्यावभि चुनावको पक्षमा उभिनुपर्ने बताएका छन् ।

‘कोशीमा कांग्रेसले कुनै अलमल, दुविधा र पार्टीको आन्तरिक कलहको द्वेष नराखी अविलम्ब मध्यावधि घोषणा गर्नुपर्छ,’ कांग्रैस नेता राई भन्छन्, ‘यो लोकतान्त्रिक विधि, राजनीतिको खेल र एकहदसम्म राजनीतिक जीत पनि हो कांग्रेसका लागि ।’

प्रदेशमा मध्यावधि चुनाव गर्दा संविधानको धारा १६८(५) ले पूर्ण व्याख्याको अवसर पनि पाउने राईको भनाइ छ ।

कांग्रेस नेता सुयर्माराज राई

कोशी प्रदेशमा राजनीतिक संकट गरिहिँदै जाँदा कांग्रेसभित्र मध्यावधि चुनावको माग हुन थालेको हो । केदार कार्की नेतृत्वको सरकार संविधानको धारा १६८ (५) अनुसार गठन भएकाले अब फेरि उपधारा २ मा फर्कने कि प्रदेशससभा विघटन हुने भन्ने संवैधानिक प्रश्न उब्जेको छ ।

कार्कीको सरकारले बहुमत गुमाएपछि अहिले एमाले र माओवादीले धारा १६८ को उपधारा २ मा फर्केर मुखमन्त्रीमा दाबी पेश गर्ने बताइरहेका थिए । तर, बुधबार प्रदेश प्रमुख पर्शुराम खापुङले उपधारा ५ अनुसार नै शुक्रबार साँझ ५ बजेभित्र दाबी पेश गर्न भनेका छन् ।

संविधानमा उपधारा ५ अनुसारको सरकारले बहुमत गुमाएपछि पुनः सोही उपधाराको प्रयोग गरेर अर्को सरकार बनाउने स्पष्ट लेखिएको छैन ।

यो पनि-
कोशीमा एमाले-माओबादीले दाबी पेस गर्दै

कोशीमा नयाँ सरकार गठनको आह्वान

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ९ : ३७ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको