खेल पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता « Khabarhub

खेल पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभीरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।

साहसिक खेल ‘रक क्लाइम्बिङ’ मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न सोलुखुम्बुको महभीरमा आगामी असार ३ र ४ गते अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता आयोजनाका लागि बुधबार काठमाडौँमा माप्य दूधकोशी गाउँपालिका र नेपाल आरोहण खेल सङ्घबीच सम्झौता भएको छ । सम्झौतापत्रमा गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई रसङ्घका अध्यक्ष हरि धरेलले हस्ताक्षर गरेका छन् ।

पर्यटन विकासको प्रचुर सम्भावना भएको माप्य दूधकोशीले गाउँपालिकाभित्रको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष राईले बताए । उक्त प्रतियोगिताले माप्य दूधकोशी मात्र नभई सोलुखुम्बु जिल्लामा नै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनले बताए।

नेपाल आरोहण खेल सङ्घका अध्यक्ष धरेलले खेल र पर्यटन विकासमा प्रतियोगिताबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  प्रतियोगितामा छ देशका अन्तर्राष्ट्रियस्तरका ‘क्लाइम्बर’ले भाग लिने उनले बताए। सङ्घले राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत रहेर खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्दै आएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ९ : ५२ बजे

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्