२ सय १८ किलो ५ सय ग्राम गाँजासहित दुई जना पक्राउ « Khabarhub

२ सय १८ किलो ५ सय ग्राम गाँजासहित दुई जना पक्राउ


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले मोरङ र पर्साबाट २१८ किलो ५ सय ग्राम गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

मोरङको जहदा गाउँपालिका-३ हातिबन्दाबाट २ सय १८ किलो गाँजासहित स्थानीय ३४ वर्षीय भगवान किस्कुलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानस्थित मकैबारीमा गाँजा लुकाइराखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मार्दा उक्त परिमाणको गाँजा बरामद भएको हो ।

उता पर्साको कालिकामाई गाउँपालिका-३ हरिहरपुर बिर्ता बस्ने २३ वर्षीय अखलेश महतो केवटलाई प्रहरीले ५ सय ग्राम गाँजासहित बुधबार साँझ पक्राउ गरेको छ ।

केवटले आफ्नै गोठमा गाँजा लुकाएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कालिकामाई र इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले गोठमा तलासी गरे बरामद गरेको हो ।

 

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  १२ : १८ बजे

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्