कोशीमा हिक्मत कार्कीलाई जसपा सांसदको पनि समर्थन | Khabarhub Khabarhub

कोशीमा हिक्मत कार्कीलाई जसपा सांसदको पनि समर्थन


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशमा नयाँ संविधानको धारा १६८ को उपधारा ५ दोस्रो पटक प्रयोग हुँदा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई जनता समाजवादी पार्टीले पनि समर्थन गरेको छ ।

बिहीबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको हस्ताक्षरसहित उपधारा ५ बमोजिम नयाँ सरकारमा दाबी गरेका कार्कीलाई आफ्नो समर्थन रहेको जसपा सांसद निर्मला लिम्बूले खबरहबलाई बताइन् ।

निर्मला कोशीमा ताप्लेजुङबाट समानुपातिकमा निर्वाचित जसपाक एक मात्रै सांसद हुन् ।

‘हिक्मत कार्कीलाई मेरो समर्थन छ । सरकारको दाबीमा हस्ताक्षर नभए पनि नयाँ बन्ने सरकारसँगै रहनेछु’, उनले खबरहबलाई भनिन्, ‘नयाँ समीकरणमै रहेर अघि बढ्ने यो मेरो व्यक्तिगत निर्णय हो ।’

जसपा सांसद लिम्बूले समर्थन गरेसँगै हिक्मत कार्कीको पक्षमा उभिने सांसदको संख्या ५३ पुगेको छ ।

यसअघि नेकपा एमालेका ३९ र नेकपा माओवादी केन्द्रका १३ सहित ५२ जना सांसदले हस्ताक्षर दिएर प्रदेश प्रमुखकहाँ सरकारको दाबी गरिएको छ ।

कतै छैन

यसैबीच आइतबार विभाजित भएको जसपा नेपालका कुनै समूहतिर आफू खुलिनसकेको लिम्बूले बताइन् ।

उनले आफूलाई अहिले नै त्यसबारे प्रश्न नगर्नसमेत भनिन् । ‘यसबारेमा मलाई अहिले केही नभन्नु होला, यो मेरो व्यक्तिगत निर्णय हो,’ उनले भनिन्, ‘अहिलेलाई म जसपामै छु । थप निर्णय आवश्यकअनुसार लिनेछु ।’

आइतबार अशोक राईसहित ७ संघीय सांसदले पार्टी फुटाउँदाको असर प्रदेशमा पनि परेको छ ।

जसपा विभाजित हुँदा तीन धार देखिएका छन् । एउटा उपेन्द्र यादव नेतृत्वको, अर्को अशोक राई नेतृत्वको र अर्को पहिचान पक्षधर धार निस्किएको हो ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  १२ : ५८ बजे

शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं – नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको

उत्तरी सागरमा ट्याङ्कर र कार्गो जहाज ठोक्किँदा ३२ जना घाइते

पोर्ट सुडान – सोमबार उत्तरी सागरमा एउटा तेल ट्याङ्कर र

भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक

ओखलढुङ्गा – यहाँको सिद्धिचरण नगरपालिका–११ का वडाध्यक्ष विनोदकुमार ताम्रकारले विद्यार्थीलाई

पर्यटन प्रवर्द्धन गर्न सिद्धबाबा र टाइगर हिलमा ‘हाइकिङ’

गण्डकी – यहाँको पोखरा महानगरपालिका–२२ उल्लेरीस्थित चार सय वर्ष पुरानो

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

गण्डकी – बिहानैदेखि मौसम धुम्मिएपछि हिमाल नखुल्ने पक्कापक्कीजस्तै थियो ।