अफगानिस्तानमा विस्फोट हुँदा तीन जनाको मृत्यु, पाँच घाइते « Khabarhub

अफगानिस्तानमा विस्फोट हुँदा तीन जनाको मृत्यु, पाँच घाइते


२७ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानको बदख्सान प्रान्तको केन्द्रमा बुधबार सुरक्षा बललाई लक्षित गरी भएको विस्फोटमा तीन जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका छन् ।

तालिबानको गृह मन्त्रालयले फैजाबाद सहरमा सुरक्षा बलको शिविरलाई लक्षित गरी विस्फोट गराइएको जनाएको छ । अफिम खेती उन्मूलन गर्ने अभियानमा सुरक्षा बलको क्याम्प त्यस क्षेत्रमा तैनाथ थियो । 

प्रारम्भिक जानकारी अनुसार घटनामा तीन जना सुरक्षा बलका सदस्यहरूको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले बताए । 

यसैबीच, बदख्सानका नागरिकहरूले तालिबानलाई यस क्षेत्रको सुरक्षा बढाउन अनुरोध गरेको बदख्सानका बासिन्दा रसूलले उल्लेख गरे । 

अहिलेसम्म कुनै व्यक्ति वा समूहले उक्त विस्फोटको जिम्मेवारी लिएको छैन । घटनाको थप विवरणको प्रतीक्षा गरिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  १ : ०८ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२