‘जनतामा आशा जगाउने बजेट ल्याउँछु’ – अर्थमन्त्री पुन « Khabarhub

‘जनतामा आशा जगाउने बजेट ल्याउँछु’ – अर्थमन्त्री पुन


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले जनतामा आशा जगाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको बताएका छन्‌ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीबार काठमाडौंमा आयोजना गरेको पूर्व बजेट छलफलमा अर्थमन्त्री पुनले निजी क्षेत्रको मनोबल बढाउने र जनतामा पनि आशा जगाउने गरी बजेट ल्याउने तयारी भइरहेको बताएका हुन्‌ ।

बजेटलाई परिणाममूखी बनाउन प्रायः सबै क्षेत्रसँग छलफल गरिरहेको जानकारी दिँदै पुनले गत वर्षभन्दा मुलुकको अर्थतन्त्र केही राम्रो भएको पनि दाबी गरे । थप राम्रो बनाउन आशावादी ढंगले नै बजेट निर्माण भइरहेको उनले बताए ।

निजी क्षेत्रको मनोबल घटेको बताउँदै पुनले त्यसलाई उठाउन प्राथमिकता दिने र सम्पत्ति तथा व्यवसायको सुरक्षामा सरकारबाट विश्वास दिलाउन प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।

उनले नेपाल राष्ट्र बैंक सरकारको नीतिबाट बाहिर नहुने भन्दै नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमा एकरूपता कायम गराउने पनि दाबी गरे । विद्युतीय सवारीसाधनमा कर बढाउन दबाब आइरहेको तथा यसैका कारण ४० अर्ब रुपैयाँजति राजस्व गुमे पनि अध्ययन गरेर देशका हितमा आवश्यक निर्णय गर्ने अर्थमन्त्रीको भनाइ छ ।

उनले केहि क्षेत्रमा सुधारको माग भएको भन्दै त्यसतर्फ बजेटमार्फत विशेष प्राथमिकता दिइने संकेत गरेका छन्‌ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  १ : १३ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी